
बाजुरा: बाजुराकाे बुढिनन्दा नगरपालिकाकाे काेल्टी बजारमा राष्ट्रिय प्रशारण लाईनकाे विद्युत सेवा जडान गरिएको छ। लामाेसमय देखि विद्युत सेवाबाट समस्या हुदैँ आएकाे काेल्टी बजारमा राष्ट्रिय लाईन जडान संगै सहजता मिल्ने भएको हाे।

पालिकाले नगरमा विद्युतीय सेवा प्रभावकारी बनाउने लक्ष्य सहित काेल्टी बजारमा राष्ट्रिय प्रशारण लाईनकाे विद्युतीय सेवा जडान गरेकाे हाे। काेल्टीमा विद्युत समस्या आपुर्तीमा समस्या हुदैँ आएकाेमा अब राष्ट्रिय लाईन जडान पश्चात् समस्या समाधान हुने अपेक्षा लगिएकाे छ।
नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्रबाट बुढिनन्दा नगरपालिकाका कोल्टी बजार सहित वरपरका गाउँघरमा समेत लाईन जडान कार्य तिव्र रूपमा चलेकाे छ ।
हाल सम्म ७० घरहरुमा बत्ती बल्नुका साथै कुल मिटर लिनेकाे संख्या १४७ पुगेकाे नगर प्रमुख जनक कुमार बाेहराले बताए ।
फारम लिनेकाे संख्या १५० रहेकाे छ। काेल्टी बजार र काेल्टी गाउँमा ७० बटा घरमा राष्ट्रिय प्रशारण लाईनकाे बत्ति बलिसकेकाे छ ।साथै थ्रि फेज मिटर जडान हालसम्म १ स्थानमा गरिएको छ। भने उद्याेगकाे मिटर आउन बाँकि रहेकाे छ।
साथै पाण्डुसैनमा ८ मिटरकाे रकम बुझाई सक्दा विद्युत भने जाेड्न बाँकि रहेकाे छ। क्रमिक रुपमा सिंगाे पालिकाभर राष्ट्रिय लाईन जाेडिने नगर प्रमुख बाेहराले जानकारी दिए।बत्ति जडान भए पछि सिंगाे काेल्टी बजार झिलिमिली बन्ने भएको छ।



खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर