• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

ठुली पर्व अर्थात् पुसे पन्ध्रको मौलिकता हराउँदैः ढकढुके रोटी र रातभर जाग्राम बस्ने प्रचलन लोप

खप्तड मालिका न्युज December 30, 2025 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोविन्द्र राज तिमिल्सेना,बाजुराः पछिल्लो समय सुदूरको बाजुरा लगायत अन्य जिल्लामा पुसे पन्ध्रको मौलिकता हराउँदै गएको छ।डोटेली तथा बाजुरेली संस्कृतिको मौलिक पहिचान बोकेको पुस १५ अर्थात पुशे पन्ध्र पर्वको मौलिकता हराउँदै गएको हो।

परापुर्वकाल देखि प्रचलनमा रहेको ठुली पर्व पछिल्लो समय लोप हुँदै गएको छ ।बिषेश आइनै,बातै सुन्ने सुनाउने पर्वका रुपमा यो पर्वलाई बिषेश रुपमा लिने गरीन्छ । अघिल्लो पुस्ता तथा समुदायमा यो पर्वको निकै महत्व भएतापनि पछिल्लो समयमा लोप हुँदै गएको हो।

पहिलेको समयमा पुशे १५ बिधिवत् रुपमा हरेक समुदायमा फरक फरक तरीकाले मनाईने गरीन्थ्यो,कुनै ठाँउमा रातभर देउडा खेलेर,कुनै ठाँउमा रातभर मिठामिठठा परीकार खाएर जाग्राम बसेर यो पर्व मनाइन्थ्यो।तर पछिल्लो समय यी प्रचलन हराउँदै गएका हुन्।

बुढापाखा,बालबालीका,दिदी बहिनीहरु एकै ठाँउमा जम्मा भई देउडा खेल्ने,मिठामिठा परीकार सेलरोटी,पुरी पकाएर खाने,तरुल खाने, एक आपसमा कथा बातै हालेर दिन रातभर जाग्राम बसेर पर्व मनाईन्थ्यो। तर पछिल्लो समय यो पर्व निकै लोप भएको बडिमालिका नगरपालिका वडा.नं.७ का स्थानिय हिरालाल पाध्यायले बताए।

उनका अनुसार, समय परिर्वतन तथा नँया प्रबिधिको बिकाशले मौलिकपन बोकेका पर्व लोप हुँदै गएको बताए ।पुराना संस्कृति संरक्षणमा चुनौती थपिनुले परम्परागत संस्कृति पर्व लोप हुदैँ गएको उनको बुझाई छ।यो पर्वमा देउडा खेल्ने, आगो तापेर जाग्राम बस्ने,दन्त्यकथा,आइनै बातै सुन्ने सुनाउने, तरुल, पिँडालु,सखरखण्ड, कन्दमूल खाने प्रचलन छ।

यो पर्व बिशेषगरी सुदूर पहाडीका हिमाली तथा लेकाली भु-भागमा मनाउने गरीन्छ। तर सामान्य रुपमा देशभरीमै मनाउने प्रचलन छ।समयको दौरानका कारण प्रबिधिको बिकाशले सुदुर पहाडका मानिसहरु तराई तिर झर्न थालेपछि पहाडी क्षेत्रमा यो पर्व लोप हुदैँ गएको हो।

ठुली पर्व अर्थात् पुसे पन्धको महिमाः

पुश पन्ध्रलाई स्थानिय भाषमा ठुली रात अर्थात,पुशे पन्ध्र भन्ने गरीन्छ । दिनमा गाँउघरतिर निकै रमाइलो हुने गर्दछ । गाँउगाँउमा सबै स्थानियहरु जम्मा भएर कसैको घर तथा खुल्ला चौरहरुमा आगो बालेर रातभर कुराकानी गर्दै मिठामिठा परीकार खादै रात बिताउने गरिन्छ।

पुशे १५ को रात सबैभन्दा ठूलो हुने भएकाले यो दिन गाउँका सबै मानिस एक ठाउँमा भेला भएर कथा,काहानी, लोक साहित्यका गाथा सुन्ने सुनाउने प्रचलन छ। ‘यो पर्वमा आफन्तसँग विशेष घेटघाट हुने कन्दमुल खाने र लोकगाथा सुनेर रात बिताउने गरिन्छ।

सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ,लगायत जिल्लामा यस पर्वलाई भूवा पर्वका रूपमा कतिपयले अहिले पनि मनाउने गरेका छन । तर पहिको भन्दा अहिले निकै लोप भइसकेको छ । गरिबीका कारण खान लाउन समस्या हुने भएकाले पुशको कठ्याङग्रिदो चिसो छल्न रातभरि आगो बालेर मिठामिठा आहार खाने गरिन्छ।

यो रात लोकसाहित्य प्रस्तुत गरीने रातको रुपमा पनि चिनिन्छ । लोक मान्यता अनुसार,पुस १५ सबैभन्दा ठूलो रात हुने भएकाले पनि यसलाई ठूलीरात भनेर मनाइने गरेको बुढापाखाहरुले बताउने गरेका छन। सुदूरपश्चिममा रातभर विभिन्न पौराणिक र लोककथा,गाउँखाने कथा सुन्ने–सुनाउने साथै गीत सङ्गीतको समेत भरपुर आनन्द लिने पर्वमा रुपमा लगिन्छ।

पुस १५ का दिन देखि उत्तरायण सुरु हुने तथा दिन बढ्ने र रात घट्दै जाने मान्यता रहेको बुढापाखाको भनाई छ। यसको सांस्कृतिक एवम् सामाजिक महत्व समेत रहेको छ। यो रात बूढापाकाबाट अर्ती मनोरञ्जन गर्ने र कन्दमुल खाने,उपदेश सुन्ने,गरिन्छ। वर्षको सबैभन्दा लामो रात मानिने १५ पुसलाई पश्चिम नेपालको पहाडी जिल्लामा ‘पुस १५’ का रुपमा मनाइन्छ।

यस दिन प्रत्येकको घरमा तथा विभिन्न ठाउँमा पुरी,सेलरोटी ढुकढुके रोटी पकाइन्छ । टोल-टोलमा समेत सामूहिक रूपमा रोटी पकाउने तथा रातभर पकाएका रोटी खाएर वृद्धवृद्धाबाट लोककथा,गाउँखाने कथा सुन्ने सुनाउने प्रचलन छ ।तर समय परिवर्तन भए संगै परम्परा पनि हराएका छन्।

पहिले निकै महत्वका साथ हेरिदै आएको यस्ता पर्वको मौलिकता हराउँदै जाँदा अन्य रिती संस्कृतिहरु पनी संकटमा पर्दै जाने कुुरामा बुढापाखाको चिन्ता छ। भावी पुस्तामा यस्ता मौलिक संस्कृति बोकेका पर्व पुस्तान्तरण हुन आवश्यक रहेको उनीहरु बताउँछन्।पुशे १५ जस्तैः अन्य संस्कृतिको समेत जगेर्ना गर्न निकै आवश्यक रहेको बुढापाखाको भनाइ छ ।

 

सम्बन्धित पोस्ट
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    समाचार

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑