
धनगढीः नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई निर्वाचन आयोगले तत्काल मान्यता नदिएपछि सूची दर्ता गर्न ढिलाइ भएको हो।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार राति साढे ११ बजेपछि ११० जनाको नामावली आयोगमा दर्ता गराएका हुन्। स्रोतका अनुसार आयोगसँगको प्राविधिक प्रक्रियाका कारण सूची बुझाउन समय लागेको बताइएको छ।
निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउने समयसीमा तोकेको थियो। यसपटक कांग्रेसले २०६४ सालदेखि समानुपातिक सांसद भइसकेका व्यक्तिहरूलाई बन्दसूचीमा समावेश गरेको छैन।
प्रदेशगत रूपमा कोसी प्रदेशबाट १८, मधेशबाट २१, बागमतीबाट २२, गण्डकीबाट ११, लुम्बिनीबाट १७, कर्णालीबाट १० र सुदूरपश्चिमबाट १० जना उम्मेदवार बन्दसूचीमा समावेश गरिएको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर