
चौमालाः कैलालीको बर्दगोरिया गाउँपालिका–२, बौनियास्थित एक ट्याटु हाउसभित्र एक युवक मृत अवस्थामा फेला परेका छन्।स्थानीय दिलिप ढुङ्गानाको घरमा सटर भाडामा लिएर ट्याटु हाउस सञ्चालन गर्दै आएका भजनी नगरपालिका–८ का अन्दाजी २५ वर्षीय सुमन चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी राजकुमार सिंहका अनुसार चौधरी सटरभित्र मृत अवस्थामा फेला परेका हुन्। घटनाको विस्तृत अनुसन्धान आफन्तहरू आएपछि मात्र अघि बढाइने उनले जानकारी दिनुभयो।हाल प्रहरीले घटनास्थल सिल गरी नियन्त्रणमा लिएको छ र आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर