
हरेक बर्ष झै यो बर्ष पनि बाजुरामा अत्याधिक जाडो महसुस गरिएको छ। यहाँका ९ वटै स्थानीय तहमा यतिवेला हरेक गाउँघरमा पानीका धारा,ताल तलाउ र खोलामा पानी जमेको हो।

रातिको समयमा अत्यधिक चिसो हुने भएकोले स-साना खोल्सा,तलाउ धाराको पानीमा बरफ जम्न थालेको हो । बाजुराका ९ वटै स्थानीय तहमा राति र बिहान तापक्रम माइनसमा झर्ने गरेको छ ।
पानीका मुहान,धारा,स-साना तालमा पानी जमेर बरफ हुन थालेको बाजुराको बडीमालिकाका स्थानीय कविराज पण्डितले बताए ।विहान र बेलुकीपख अत्याधिक जाडोले जताततै पानी जमेर बफरमा परिणत हुने गरेको पण्डितले जानकारी दिए।
त्यस्तै उत्तरी भेगमा पनि तापक्रम माइनसमा झरेकाले पानी बरफमा परिणत हुन थालेको बाजुराको पाण्डुसैनका स्थानीय अमर कठायले बताए ।दिउँसो घाम लागेको बेला पनि जमेको पानी बिलाउने नसक्ने अवस्था रहेको कठायतले जानकारी दिए ।
अत्याधिक जाडोले यहाँका बालबालिका लगायत बृद्धबृद्धालाई स्वास्थ्य समस्या हुनुका साथै दैनिक अस्पतालमा विरामीको चाप बढ्ने गरेको छ।जाडोले विहान बेलुकी कामकाज समेत प्रभावित बन्ने गरेको छ।
यो बर्ष हिउँदे बर्षा र हिमपात नहुँदा अत्याधिक जाडोको महशुस गरिएको छ।मंसिर पुस र माघ तीन महिना बाजुरामा अत्याधिक हिमपात हुनुका साथै तापक्रम माइनसमा हुने गर्दछ ।तापक्रम माइनसमा झरेसँगै चिसो बढेकाले बरफ जम्न थालेको हो।
पानी बरफमा परिणत भएका तस्वीर यहाँ प्रस्तुत गरिएका छन्ः













खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर