
बाजुरा: बाजुराकाे हिमाली गाउँपालिमा विद्यार्थीलाई झाेला र अभिभावकलाई ढाँकाटोपि बितरण गरिएको छ। गाउँपालिकाकाे वडा.नम्वर ५ मंगलमय आधारभूत विद्यालयका बिद्यार्थिहरुलाई झोला र अभिभावकहरुलाई ढाँकाटोपि बितरण गरिएको हाे।

नेपालका साथिहरु ( Friends of Nepal ) नामक संस्था र हिमाली गाउँपालिकाकाे सहकार्यमा नागरिक सेवा सराेकार मन्च बाजुराकाे समन्वयमा उक्त सामाग्री वितरण गरिएको हाे।गाउँपालिकाकी उपाध्यक्ष राजकला सार्कीले विद्यार्थी र अभिभावक झाेला सहित ढाँकाटाेपी वितरण गरेकी हुन्।
शैक्षिक सामाग्री झाेला वितरणले स-साना बालबालीकाको अध्ययन अध्यापनमा सहज हुने उपाध्यक्ष सार्कीले बताईन्।
हातमा किताब बाेकेर विद्यालय जान बाध्य विद्यार्थीहरुलाई झाेलाले निकै ठुलाे राहत मिल्ने बताएकी छन्।साथै ढाँकाटाेपीले संस्कृति र पहिरहनलाई झल्काउने उनकाे भनाइ छ।
विद्यालयमै पुगेर विद्यार्थीहरुलाई सामाग्री र अभिभावकलाई टाेपी वितरण गर्न पाउँदा निकै खुसी लागेको उपाध्यक्ष सार्कीले जानकारी दिईन्। उनले सामाग्री वितरणमा सहयोग पुर्याउने प्रति धन्यवाद समेत दिएका छन्।गाउँपालिकाले विभिन्न सहयोग संस्था,निकाय संग समन्वय,सहकार्य पालिकाका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्दै आएकाे छ।
हिमाली गाउँपालिकाले हरेक बर्ष पालिकाका विभिन्न विद्यालयहरुमा विभिन्न सहयाेगी संस्थाहरुकाे समन्वय सामाग्री वितरण गर्ने गरेकाे छ। सामाग्री पाउँदा स-साना विद्यार्थी खुसी हुनुका साथै अभिभावकले पनि ढाँकाटाेपी पाउँदा खुसी व्यक्त गरेका छन्।
सामाग्री वितरण कार्यक्रममा उपाध्यक्ष राजकला सार्की,बिनि लगायत विद्यालयका शिक्षक,सहयाेगी संस्थाका प्रतिनिधि,विद्यार्थी र अभिभावककाे सहभागीता रहेकाे थियाे।






खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर