
बाजुरा: बाजुरामा ८७ हजार बढी मतदाता संख्या कायम भएका छन्। आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८७ हजार बढी मतदाता संख्या कायम भएका हुन्।

जिल्ला निर्वाचन कार्यालय बाजुराले जिल्लाका कुल ८७ हजार ८ सय ६१ जना मतदाता संख्या कायम भएका जनाएको छ। जसमा ४५ हजार ४ सय २८ पुरुष र ४२ हजार ४ सय ३१ महिला र अन्य २ जना मतदाता संख्या रहेका छन् ।
त्यस्तै, जिल्लामा हाल ७७ वटा मतदानस्थल र एक सय १८ वटा मतदान केन्द्र निर्धारण भएकाे निर्वाचन कार्यालय बाजुराका सूचना अधिकारी अंगत महतले जानकारी दिए।उनका अनुसार, ७ वटा मतदानस्थल र ६ वटा मतदान केन्द्र
थप भएकाे बताए ।
जिल्ला निर्वाचन कार्यालयले यस अघि मतदानस्थल र केन्द्र थपका लागि निर्वाचन आयोगमा सिफारिस गरेको थियो ।९ वटा स्थानीय तह रहेकाे बाजुरामा यसअघि ७० वटा मतदानस्थल र एक सय १२ वटा मतदान केन्द्र रहेका थिए ।
बाजुरामा सबैभन्दा बढि मतदाता भएको स्थल खप्तड छेडेहद ५ डाेगडी र सबैभन्दा कम हिमाली गाउँपालिका वडा नम्बर ३ रहेकाे छ। त्यहाँ क्रमश २ हजार ४ सय ६२ र ५ सय ४५ मतदाता रहेका छन्।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर