
बाजुरा: जिल्ला अस्पताल बाजुरामा पुन: हाडजोर्नी तथा नशारोग सम्बन्धी सेवाहरु सुचारु भएको छ। नवआगन्तुक हाडजोर्नी तथा नशारोग विशेषज्ञ सहित चिकित्सकलाई स्वागत सहित सेवा सुचारू भएको हाे।

तीन महिना देखि अबरुद्ध बनेकाे हाडजोर्नी तथा नशारोग सम्बन्धी सेवा पुन: सुचारू भएको अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर चन्द्रशेखर यादवले जानकारी दिए।
उनका अनुसार,गत असाेजमा हार्डजाेर्नी सम्बन्धी सेवा दिईरहेका डाक्टर राेशन भट्ट अस्पतालबाट गए पछि तीन महिनासम्म अबरुद्ध बनेकाे हाडजोर्नी तथा नशाराेग सम्बन्धी समस्या आजबाट पुन: सुरु भएको बताएका हुन्।
अर्था–मेडिक सर्जरीसम्बन्धी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित नव-आगन्तुक हाडजोर्नी तथा नशारोग विशेषज्ञ सहित चिकित्सक र नर्सिङ निरीक्षकको भव्य स्वागत गरिएको कार्यालय प्रमुख यादवले बताए ।
हाडजोर्नी तथा नसारोग विशेषज्ञ अर्थाेपेडिक सर्जन डाक्टर
शिरीष श्रेष्ठ, छात्रवृत्ति करार मेडिकल अधिकृत डाक्टर महेश धामी र मातृशिशु कार्यक्रम डा.मञ्जु यादवलाई स्वागत गरिएको अस्पताल बाजुराले जनाएको छ।
साथै महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरबाट सरुवा भई आउनु भएकी अस्पताल नर्सिङ निरीक्षक धर्मा रोकायालाई पनि स्वागत गरिएको हाे।३ महिनासम्म हाडजोर्नी तथा नशारोग सम्बन्धी डाक्टर नहुँदा यहाँका विरामीहरुले समस्या भाेग्दै आएका थिए।
एमडिजीपी डाक्टर आशिष कार्कीले सामान्य चेकजाँच गरे पनि शल्यक्रियाकाे लागी हाडजोर्नी सम्बन्धी नै डाक्टर चाहिने हुँदा अस्पताल बाजुरा तीन महिना देखि हाडजोर्नी बिशेषज्ञ डाक्टर विहिन थियाे। पछिल्लो समय अस्पताल बाजुराले गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्दै आएकाे छ।
अहिले अस्पतालले एमडिजिपी डाक्टर पाए संगै थप सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाएकाे छ। ५० शैयाकाे अस्पताल केही औंषधी उपकरकाे अभावमा भने झेलिरहेकाे छ। अस्पताल बाजुरामा छिमेकी जिल्ला हुम्ला,मुगु,कालिकाेट,
जुम्ला लगायत विभिन्न जिल्लाबाट नागरिक स्वास्थ्य उपचारकाे लागी आउँने गरेका छन्।



खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर