
बाजुरा: जिल्ला सुरक्षा समिति बाजुराको आयोजनामा अन्तर जिल्ला सुरक्षा समितिको बैठक बसेको छ ।छिमेकी जिल्ला अछाम र बाजुराको संयुक्त रुपमा सुरक्षा बैठक बसेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।

दुई जिल्लाको सुरक्षाका साझा सवालहरुमा एक अर्कामा समन्वय र सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता भएको प्रजिअ पाैडलले बताए । यस्तै अन्तर जिल्ला सुरक्षा समितको पदाधिकारी बैठकले ट्राफिक व्यवस्थापन, वन्यजन्तुको अवैध ओसार पसार तथा लागु औषध नियन्त्रण आवश्यक सूचना आदान प्रदान गरी नियन्त्रण र न्युनिकरणमा लाग्ने प्रतिवद्धता भएको हाे।
बैठकले शान्ति सुरक्षामा एक अर्काका असल अभ्यासहरु अनुसरण गर्दै आसन्न फाुगन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनमा सुरक्षालाई अझ सुदृढ बनाउने समेत भएको छ ।
सुरक्षा समितिको बैठकमा अछामका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरु र बाजुराका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरु सहभागी भएका थिए ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर