
बाजुरा: सदरमुकाम मार्तडीमा शनिबार सुर्तीजन्य पदार्थ, धुम्रपान र मद्यपानको बजार अनुगमन गरिएको छ ।
स्वास्थ्य कार्यालय बाजुराको आयोजनामा मार्तडीका सार्वजनिक स्थलहरुमा सुर्तीजन्य पदार्थ,धुम्रपान र मद्यपानको प्रयोग र अवस्था बारेमा अनुगमन गरिएको हो ।

मार्तडीमा रहेका विद्यालय क्षेत्र,सार्वजनिक क्षेत्र,बसपार्क,अस्पताल र सरकारी कार्यालय,पार्टी पौवा लगायतका क्षेत्रमा धुम्रपान, मद्यपान र सुर्तीजन्य पर्दाथको प्रयोग गरी सर्वसाधारणलाइ असरको बारेमा सहजीकरण गर्ने गरी अनुगमन गरिएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख लालबहादुर खड्काले बताएका छन् ।
बजार अनुगमनमा विद्यालय,सार्वजनिक स्थल,सरकारी कार्यालय नजिक पसल राखेर सुर्तीजन्य पदार्थ,धुम्रपान र मद्यपान विक्री वितरण अवस्थामा उनीहरुलाई यस्ता ठाउँहरुमा कम्तिमा पाँच् सय मिटर टाढा राख्न र बालबालिकाहरुलाई उक्त वस्तु विक्री वितरण नगराउन सुझाव दिइएको हाे।
बजार अनुगमनमा सुर्तीजन्य पदार्थ तथा धुम्रपान र मद्यपान जिल्ला समितिको शुक्रबार बसेको बैठकले शनिबार बजार अनुगमन गर्ने निर्णय गरेको थियो । अनुगमनमा जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग विकास कार्यालय, उद्योग वाणिज्य संघ,बडीमालिका नगरपालिका,नेपाल पत्रकार महासंघका प्रतिनिधीहरु सहभागी थिए ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर