
बाजुराः बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ।बाजुराको पुर्वी उत्तरी क्षेत्रको मुख्य व्यापारीक केन्द्र कोल्टीमा ईलाका प्रशासन स्थापना गर्ने सरकारले निर्णय गरेको हो।

मन्त्रिपरिषद्को बैठकले बाजुराको माथिल्लो क्षेत्रका चार वटा स्थानीय तहलाई लक्षित गर्दै इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरिएको जनाएको हो। बाजुरा सहित विभिन्न जिल्लाका ९ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने सरकारले निर्णय गरेको छ ।
ईलाका प्रशासन स्थापना गर्ने सरकारको निर्णय निकै महत्वपुर्ण र खुसीको कुरामा रहेको कुण्डाबासीले बताएका छन्। सरकारको यो निर्णयको उच्च कदर गर्दै स्थानीयबासी खुसी समेत भएका छन्।कोल्टीमा ईलाका प्रशासन स्थापना गर्ने सरकारको निर्णयलाई सूदुरपश्चिम प्रदेशका पुर्व आर्थिक मामिला मन्त्री नरेश शाहीले उच्च कदर गरेका छन्।
उनले सामाजिक आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल सरकार मन्त्री परिषदले कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापनाको निर्णय गरेको छ ।बाजुरा प्रदेश निर्बाचन क्षेत्र नम्बर १ का सम्पुर्ण जनसमुदायलाई हार्दिक बधाईका साथ नेपाल सरकारलाई धन्यवाद छ। ”
साथै उनले कोल्टीमा मालपोत कार्यालय र नापी कार्यालयको इलाका कार्यालय स्थापनाको लागि पनि पहल भैइरहेको र उक्त निर्णय पनि छिटै कार्यान्वयन हुने बताएका छन् ।सरकारले दुर्गम तथा सेवाबाट टाढा रहेका क्षेत्रका नागरिकलाई प्रशासनिक सेवा नजिकैबाट उपलब्ध गराउने उद्देश्यले नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रक्रिया अगाडि बढाएको हो ।
बाजुराको पुर्वी उत्तरी क्षेत्रका नागरिकले नागरिकता,राहदानी,राष्ट्रिय परिचय पत्र बनाउन सदरमुकाम मार्तडीमा आउनु पर्ने बाध्यता रहेको छ। कोल्टीमा ईलाका प्रशासन स्थापना भए पश्चात् मार्तडी आउँनु पर्ने बाध्यताको अन्त्य हुने विश्वास समेत लगिएको छ।यहाँका नागरिकहरुलाई अहिले नागरिकता बनाउन मात्रै न्युनतम २० हजार खर्च तथा करिब ४-५ दिन समय लगाउनु पर्ने बाध्यता छ ।
मार्तडीमा कोल्टी सडकखण्ड बर्षेनी अबरुद्ध हुने हुँदा झन यहाँका नागरिकले सास्ती खेप्नु पर्ने अवस्था छ। कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गर्न लामो समयदेखि यहाँका स्थानीयले माग गरेका थिए । पटक पटक यहाँका जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवाला सहितको टोलीले सरकारको ध्यानाकर्षण समेत गराएका थिए।
यस अघि एमाले-काङ्ग्रेस नेतृत्वको सरकारमा गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएर समितिले कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको थियो ।अहिले वर्तमान सरकाले इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेपछि अब यहाँका नागरिक ईलाका प्रशासन बन्ने कुरामा आशावादी छन्।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर