
गाेविन्द्र राज तिमिल्सेना,बाजुरा: बाजुरामा स्याउ बगैँचा सुदृढीकरण तथा व्यवस्थापन गर्न अभियान थालिएको छ। कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक बर्ष २०८२/०८३ को बार्षिक कार्यक्रम अन्तर्गतको बगैचा सुदृढीकरण कार्यक्रम अन्तर्गत साे अभियान थालनी गरिएको हाे।

कृषकका बगैंचामा गएर बगैंचा व्यवस्थापन तथा त्यस सम्बन्धी तालिम दिन थालिएको छ।यहाँकाे ९ वटै स्थानीय तहमध्ये स्याउ तथा सुन्तला उत्पादन हुने बगैंचा क्षेत्रमा कृषकहरुलाई काँटछाँट र पेष्ट लगाउने तरीका बारे एक महिने अभियान सञ्चालन गरिएको हाे।
स्याउ तथा सुन्तला बगैंचालाई थप व्यवस्थित र बढी उत्पादन हुने गरी उत्पादन बढाउन बगैंचा सुदृढीकरण तथा व्यवस्थापन कार्य अघि सारिएको हाे।बाजुराकाे बुढिनन्दा
हिमाली,स्वामिकार्तिक,जगन्नाथ,बडीमालिका,गाैमुल
लगायत विभिन्न ठाउँका स्याउ तथा सुन्तला बगैंचामा कृषि प्राविधिक पुगेर व्यवस्थापन,सुदृढीकरण तथा तालिम दिने छन्।
कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्राविधिक र कृषकहरुकाे संयुक्त उपस्थितिमा बगैंचा व्यवस्थापन गरिने भएको हाे। गुणस्तरीय स्याउ उत्पादन गरी उत्पादकत्व बढाउने उद्देश्यले स्याउको बगैँचा व्यवस्थापन अनिवार्य भएपछि याे कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहानीले बताए ।
याे अभियानले यहाँका स्याउ तथा सुन्तला खेती गरिरहेका कृषकहरुलाई बढि भन्दा बढि फलफूल उत्पादनमा सहज हुने साहानीले जानकारी दिए ।जलवायु परिवर्तनका कारण तापक्रम नघट्दा स्याउको हार्भेस्ट पछि छिटोछिटो पात झरेर बगैँचाका बोटहरू पतझड जस्तै बनेका साहनीकाे भनाइ छ।
अहिले स्याउका बोटमा पात झरेर उजाड बनिसकेका छन्। उजाड बनेका स्याउका बाेटहरुमा काँटछाट तथा पेष्ट लगाउने कार्य थालनी गरिएको हाे।समान्यतया यहाँ स्याउ बगैँचा व्यवस्थापन पुस र माघमा गर्ने गरिन्छ।हिउँदयामको जाडो मौसममा यहाँका किसानले कृषि प्राविधिककाे सहयाेगमा स्याउ बगैँचाको व्यवस्थापन गर्ने गरेका छन्।
बोटमा पलाएका अनावश्यक हाँगाबिगा र पातले स्याउको गुणस्तर र उत्पादनमा ह्रास पुर्याउन सक्ने भएकाले उपयुक्त काँटछाट गर्न बगैंचा व्यवस्थापन कार्य गरिएको ज्ञान केन्द्र बाजुराकाे भनाइ छ।स्याउखेतीका लागि हिउँदयामको हिउँ अति आवश्यक मानिन्छ ।
बगैँचा व्यवस्थापन गर्ने समयमा परेको हिउँले जमिनको उर्वराशक्तिलाई मजबुद बनाउने, जमिनको भित्री तहसम्म सिँचाइ पुग्ने र रोगकिराको सङ्क्रमणलाई न्यूनीकरण गर्न मद्दत पुर्याउन सहयाेग गर्छ।बाजुरामा फुजी, गोल्डेनरेड, डेलिसियस र स्थानीय जातको स्याउ उत्पादन हुने गरेको छ ।
बाजुरामा स्याउ उत्पादन हुने जम्मा ४२५ हेक्टर क्षेत्रफल रहेकोमा दुई सय हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिन्छ। जहाँ जम्मा १ हजार ६ सय मेट्रिकटन स्याउ उत्पादन हुने गरेको छ ।यस बर्ष बाजुरामा पाँच सय मेट्रिकटन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।बगैँचा सुदृढीकरण तथा व्यवस्थापन पश्चात् बगैंचाकाे पुन: अध्ययन अवलोकन गरिने ज्ञान केन्द्र बाजुराकाे भनाइ छ।
कृषि प्राविधिक र कृषकहरुकाे संयुक्त उपस्थितिमा बगैंचामा कैद गरिएका केहि तस्बिरहरु यहाँ प्रस्तुत गरिएका छन्….?















खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर