• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

अझै बस्न सेकन सुदूरपश्चिम प्रदेश सभा बैठक, विधेयक अलपत्र

खप्तड मालिका न्युज December 27, 2025 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

१२ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाउन ढिलाइ हुँदा विभिन्न विषयसँग सम्बन्धित पाँच वटा विद्येयक अलपत्र परेका छन् । २४ भदौको जेनजी आन्दोलनमा भौतिक संरचनामा आगजनी र तोडफोड गरेका कारण प्रदेश सभाको बैठक बस्न सकेको थिएन ।

तर, जेनजी आन्दोलनमा ध्वस्त पारिएका संरचना चार महिनासम्म पनि पुनस् निर्माण तथा मर्मत सम्भार नभएपछि प्रदेश सभाको बैठक बस्न सकेको छैन । सोही कारण प्रदेश सभा सचिवालयमा दर्ता भएका पाँच वटा विद्येयकमाथिको काम कारबाही अघि बढ्न सकेको छैन् ।

प्रदेश सभा सचिवालयकाअनुसार केही वन ऐन संशोधन विद्येयक, टीकापुर प्राविधिक विश्वविद्यालय सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विद्येयक, बडघर भलमन्सा प्रथा सम्बन्धी विद्येयक, दलित सशक्तिकरण संशोधन विद्येयक र स्थानीय सेवा सम्बन्धी ऐन संशोधन विद्येयक यसअघि नै दर्ता भएका छन् । चार महिनादेखि प्रदेश सभाको बैठक नबसेका कारण सचिवालयमा दर्ता भएका यी विद्येयकले प्रदेश सभा बैठकमा प्रवेश पाएका छैनन् ।प्रदेश सभा सचिवालयको भवनमा आगजनी र तोडफोड गरिएकाले संरचना मर्मत सम्भार र पुनस् निर्माणमा समय लागेका कारण बैठक बस्न नसकेको जनाएको छ । प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जति सक्दो चाडो प्रदेश सभाको बैठक बस्ने प्रयास भएपनि संरचना तयार नभएकै कारण सम्भव नभएको बताए ।

संरचना मर्मत सम्भार र पुनस् निर्माणको काम नसकिएपछि सचिवालयले बैठकबारे निर्णय लिन नसकेको उनी बताउँछन् । ‘जेनजी आन्दोलनमा जलाइएका संरचनाको मर्मत सम्भार गरेर प्रदेश सभा बैठक बस्ने भवन तयार गर्ने काम भइरहेको छ । सबै संरचना ध्वस्त भएका कारण समय लागेको हो,’ सचिव बोगटीले भने, ‘कुर्सी, टेबुल र माइक जोड्ने काम चलिरहेकाले सम्भवस् छिट्टै बैठक बोलाउन सकिन्छ ।’

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले भने प्रदेश सभाको बैठक चाडो बोलाउने गरी व्यवस्थापन गर्न सभामुख भीमबहादुर भण्डारीलाई आग्रह गर्दै आएका छन् । कांग्रेसका प्रमुख सचेतक बिक्रम सिंह धामी र एमाले प्रमुख सचेतक चक्रबहादुर मल्लले शुक्रबार समेत सभामुखसँग छलफल गरेका छन् ।

उनीहरुले मर्मत सम्भार भइरहेका संरचनाको निरीक्षण गर्दै बैठक बोलाउने बारे छलफल गरेको बताएका छन् । ‘एमालेका प्रमुख सचेतकसहित हामीले प्रदेश सभाको बैठकका सम्बन्धमा आज पनि सभामुख ज्यूसँग छलफल गरेका छौं,’कांग्रेस प्रमुख सचेतक धामीले भने, ‘तर संरचना मर्मत सम्भार नभएकै कारण केही ढिलो भइरहेको कुरा छ । प्राविधिक कुराको सबै व्यवस्थापन भएपछि बैठक बोलाउने कुरा छ ।’

प्रदेश सभाको बैठक बोलाएर सचिवालयमा विचाराधीन अवस्थामा रहेका विद्येयक अघि बढाउनुपर्छ भन्ने पक्षमा सरकार पनि दृढ रहेको उनी बताउँछन् ।

एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लले जेनजी आन्दोलनपछि अवरुद्ध रहेको प्रदेशसभाको बैठक सञ्चालन गरेर राजनीतिक सन्देश दिएर ऐन, कानुुन निर्माणको काम अघि बढाउनुुपर्ने पक्षमा एमाले रहेको बताए ।

‘प्रदेश सभाको बैठक सञ्चालन गरेर समसामयिक विषयवस्तुसँग सम्बन्धीत ऐन कानन निर्माणको काम अघि बढाउनुुपर्छ भन्ने पक्षमा हामी छौं’, मल्लले भने, ‘केही प्राविधिक तयारी नपुगेका कारण ढिलाइ भइरहेको कुरा छ ।अब केही दिनमा बैठक बस्छ होला ।’

सम्बन्धित पोस्ट
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    समाचार

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑