• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

व्यवसायिक तरकारी खेतीबाट सफल व्यवसायीकाे परिचय दिदैँ बाजुराका पाध्याय

खप्तड मालिका न्युज December 21, 2025 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

गाेविन्द्र राज तिमिल्सेना,बाजुरा: व्यक्ति कर्मशिल हुनुपर्छ। कर्मशिल व्यक्तिकाे लागी गाउँमै राेजगारी र आम्दानीका थुप्रै पाटाहरु छन्।भनिन्छ, माटाेमै सुन फलाउन सकिन्छ। गाउँकै माटाेमा अथाह सम्भावना छन्। केही गराै भन्ने हुटहुटी र साहस अपरिहार्य छ।मानिसहरु देशमा राेजगारीका अवसर छैनन् भनेर विदेशिन्छन्।

तर कर्मशिल व्यक्तिले गाउँकै माटाेमा सुन फलाएका छन्।गाउँकै माटाेसंग पाैठाजाेरी खेलेका छन्। कडा परिश्रम गरेर कृषि कर्मबाटै आफ्नाे परिचय दिएका छन्।साेही उदाहरणकाे रुपमा लिन सकिन्छ,बाजुराका तरकारी व्यवसायी महाँचन्द्र पाध्याय।कुनै समय कामकाे लागी भारत पुगेर जिविका चलाउँदै आएका बाजुराकाे बडीमालिका नगरपालिका वडा.नम्बर ७ का महाँचन्द्र पाध्याय यतीवेला तरकारी खेतीमा रमाईरहेका छन् ।

उमेरले करिब पचास कटेका पाध्यायकाे जाेश,जागर र तरकारी खेती प्रतिकाे हुटहुटी लाेभलाग्दाे छ। सामान्य परिवारमा जन्मेका पाध्यायकाे जीवन संघर्षकाे कथा: कठिन यात्राबिच चलेकाे छ।अनेकौं कठिनाई र भाेगाई भाेग्दै पाध्यायले अहिले गाउँमै व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन्।तरकारी खेतीबाटै स्वरोजगार बनेका उनले सानाे रुपमा उत्कृष्ट व्यवसाय गर्दै आएका छन्।

उनकाे मेहेनत,लगाव र कर्मशीलता कारण विभिन्न कार्यक्रममा सम्मानित समेत भएका छन्।फर्म दर्ता गरेर पाध्याय तरकारी खेतीमा हाेमिएका छन्।पाध्यायले २०७७ बाट व्यवसायीक रुपमा तरकारी व्यवसायकाे थालनी गरेका हुन्।त्याे भन्दा पहिले फाट्टफुट्ट रुपमा तरकारी लगाउँदै आएका थिए।जसबाट थाेरथारै कमाई समेत हुने गरेकाे थियाे।

वि.सं. २०७८ मा उनले कृषि ज्ञान केन्द्र बाजुराकाे ५० प्रतिशत अनुदान र आफ्नो ५० प्रतिशत लगानी गरेर करिब एक लाख बराबरकाे प्लास्टिक टनेल निर्माण गरि व्यवसायीक तरकारी खेती सुरु गरेका हुन्। उनले अहिले त्यहि प्लाष्टिक टनेलबाट तरकारी खेती गरेर यतिबेला जिल्लाकै सफल किसानका रुपमा परिचित छन् ।

उनले करिव २० रोपनी जग्गामा तरकारी खेती गरिरहेका छन् । उनकै उमेरका अधिकांश दौतरीहरु पैसा कमाउन विदेश पलायन भए पनि पाध्याय भने तरकारी खेतीमै सक्रिय छन् ।तरकारीखेतीबाट नाम र दाम दुवै कमाउन थालेपछि उनले अहिले ज्यालादारी र कामकाे लागी भारत जाने योजना कहिल्यै नबनाएको उनले सुनाए ।

उनले भने, “तरकारी खेतीबाट घरखर्च चलाउन पुगेकाे छ । बजार लगेर बिक्री गर्न पनि भ्याईएकाे छ। गाउँमै कर्म गर्ने हुटहुटीले बाहिर जाने याेजना कहिल्यै आएन् ”।व्यवसायीक रुपमा तरकारी खेतीतर्फ लागेकाे चार पाँच बर्षभित्र राम्रो आम्दानी हुनुका साथै पेशा,व्यवसायबाट आफू निकै सन्तुष्ट रहेकाे पाध्यायले बताए ।

तरकारी बिक्री गरेर सामान्य रुपमा बार्षिक डेढ लाखसम्म आम्दानी हुने गरेकाे उनकाे भनाई छ।आम्दानी भन्दा पनि आफूलाई ताजा तरकारी खान र व्यवसायिक बन्न सहज भईरहेकाे उनले थपे।तरकारी खेतीबाट नाम र सामान्य रुपमा दाम हुन थालेपछि आफूलाई पेशाप्रति थप हाैसला थपिएको बताउँदै उनले तरकारी खेतीबाटै परिवारको खर्च, बालबच्चाको पालन पोषण भइरहेको बताए ।

आगामी दिनमा पेशा व्यवसायलाई थप बढवा दिने उनकाे भनाई छ।व्यक्ति कर्मशिल हुन जरुरी रहेकाे कुरामा पाध्यायले जाेड दिए।उनले भने,“व्यक्ति कर्मशिल र लगनशील भए हरेक चिज गाउँ सम्भव हुने रहेछ।हामी गाउँमा राेजगारीका अवसर छैनन् भन्छाैँ । तर आफ्नै गाउँकाे माटाेमा पशिना बगाए सुन समेत फलाउन सकिने रहेछ ”।पाध्यायले टनेलमा माैसम अनुसारका तरकारी फलाउने गरेका छन्।

टनेलभित्र टमाटर,काक्रो, काउली,बन्दा,रायाे,डल्ले खुर्सानी,गाजर लगायत तरकारी उत्पादन गर्ने गरेका छन् । उनले बेमौसमी तरकारी तथा खुला जग्गामा मौसमी तरकारीखेती समेत गरिरहेका छन् ।तरकारी मात्रै नभई पाध्यायले फलफूल समेत उत्पादन गर्ने गरेका छन्। तरकारी खेतीका साथसाथ उनले सुन्तला,किवी,माैसमी लगायतका फलफूलकाे खेती गरेका छन्।

त्यस्तै दाँते ओखर, विभिन्न बाेटविरुवा वृक्षरोपण गरि व्यवसायीक पेशा थालनी गरेका छन्।तरकारी तथा फलफूल व्यवसाय नै उनकाे जीवनकाे ढकढुकी बनेकाे छ।पाध्यायकाे फार्ममा करेला,घिराैँला,लाैका,फर्सी,बाेडी,सिमी
भेन्टा, धँनिया समेत उत्पादन हुने गरेका छन्।बजारमा करेला र घिरौँला प्रतिकिलो रु १२०, लौका ७०, काँक्रा ५० मा धमाधम बिक्री हुने गरेकाे उनले बताए ।

“तरकारी खेतीबाट राम्रो सफलता मिलेको छ, खेतभरि हरियाली फलेका तरकारी देख्दा मन आनन्दित हुन्छ, तरकारी बेचेर दाम बुझ्दा एकछिन खाली बस्नै मन लाग्दैन, आफ्नै माटोमा कृषिबाट राम्रै कमाउन सकिने रहेछ”,उनले भने,“हिउँदे र बर्खे याम अनुसारको तरकारी खेती गर्दै दिनहरु वितिरहेका छन्।”

उनको देखासिकी गरी गाउँका अन्य व्यक्ति पनि तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।पछिल्लो समय आफ्नाे पेशा व्यवसाय गाउँका अन्य व्यक्तिले सिकाे गरेकाे उनकाे भनाई छ।आफ्नै गाउँकाे माटाेमा कर्म गरेर व्यवसायिक बन्न उनले सुझाव दिएका छन्। परदेशमा अरुकाे दवाव सहेर काम गर्नु भन्दा स्वदेशमै बसेर आफ्नै गाउँमा कर्म गर्नु उचित रहेकाे उनकाे भनाइ छ।

(फाेटाेफिचर)

 

सम्बन्धित पोस्ट
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    समाचार

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑