
गाेविन्द्र राज तिमिल्सेना,बाजुरा: बाजुरामा दशै तिहार पछिको दोस्रो ठुलो चाड ‘भुवा’ पर्व भव्य रुपमा सुरु भएको छ । यहाँका ९ वटै स्थानीय तहमा परम्परागत संस्कृति ‘भुवा’ पर्व भव्य रुपमा मनाउन लागीएकाे हाे।विजयी उत्सवकाे गाथामा आधारित भुवा पर्व माैलिक पर्वकाे रुपमा चिनिन्छ।

बाजुरा लगायत सुदुरपश्चिममका अछाम,डोटी,बझाङ लगायतका जिल्लामा भुवाे पर्व भव्य रुपमा मनाईन्छ।भस्सी जात्रा भस्सो अथवा भुवा पर्व पश्चिम नेपालको बाजुरा, बझाङ, दार्चुला लगायत भारतको उत्तराखंड लगायतका क्षेत्रमा समेत मनाईन्छ।
“भुवा पर्व,हामी सबैकाे गर्व तथा संस्कृति सम्पदाकाे प्रबर्द्धन: भुवा पर्वकाे संरक्षण ” भन्ने मुल नारा सहित जिल्लाका ९ वटै स्थानीय तहमा याे पर्व मनाउन लागिएकाे हाे।यस बर्ष पौष ३ देखि ६ गतेसम्म याे पर्व परेकाे छ।बिशेषगरी बाजुराकाे बडीमालिका,बुढिगंगा,र गाैमुलमा याे पर्व बढि रुपमा मनाईन्छ।
परम्परागत संस्कृतिकाे जगेर्ना गर्ने उदेश्य सहित भुवा पर्व भव्य रुपमा मनाउन लागिएकाे बडीमालिका ७ भुवा पर्व मेला व्यवस्थापन समिति संयाेजक उमाकान्त पाध्यायले बताए ।उनका अनुसार,आपसी सद्भाव,भेटघाट र मित्रताकाे प्रमुख माध्यम भुवाे भएकाे बताएका छन्।
भुवाे पर्वले टाढा रहेका आफन्तबिच भेटघाट,मित्रता र भाईचाराकाे सम्बन्ध स्थापित गर्न सहयाेग पुग्ने भएकोले भुवाे पर्वकाे महिमा महत्त्वपूर्ण रहेकाे संयाेजक पाध्यायकाे भनाइ छ।परम्परागत संस्कृतिकाे संरक्षण गर्न आवश्यक रहेकाे कुरामा संयाेजक पाध्यायले जाेड दिए।
भुवा पर्वलाई बिशेषत् विजयी उत्सवकाे रुपमा मनाईने गरिएको स्थानीय हिरालाल पाध्यायकाे भनाई छ।पाण्डव र कौरवको लडाईंमा रातपरेपछि उज्यालोको आवश्यक भएपछि राँको सल्काई लडाईं सुरु गरेको स्मरणमा मध्यरातमा राँकेजुलुस निकाल्ने गरिएको पाध्यायले बताए ।
‘रातभर मुडा सल्काएर भुवा खाडामा रमाइलो गरिन्छ। विहान करिब ४ बजेतिर निगालाका झराे सल्काएर भाेस्साे खेलिन्छ। जसलाई राँका सल्काउनु भनिन्छ।राँका खेलिसके पछि खोलामा गई नुहाउनु पर्छ।पुसको चिसो रातमा नुहाउँदा छाला सम्बन्धी राेग निर्मुल हुनुका साथै मान्छेमा शक्ति पैदा हुने र राक्षसहरु डराउने किंवदन्ती छ।’
स्थानीय संस्कृति भुवाे पर्वकाे महिमा:
महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भाेस्सो’ भन्ने गरिन्छ।भुवा पर्व पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुन्छ । जसको आफ्नै ऐतिहासिक पक्ष रहेको छ ।महाभारतमा पाण्डव र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ ।
सोही लडाइँको सम्झनामा तथा पाण्डवहरूको जितको खुसियालीमा यो पर्व मनाउन थालिएको हो । यो पर्वमा ढाल र तरबारसहित चाली खेल्ने प्रचलन रहँदै आएको छ । पर्वको मुख्य आकर्षक पक्ष नै ‘भुवा नाच’ रहेको र यसको सुरुदेखि समाप्तिसम्म आफ्नै विधि प्रक्रिया रहेको बुढापाखाकाे भनाइ छ।
पुसे औंसीको राति भुवाखाडोमा आगो बालेपछि यो पर्व सुरु हुन्छ । स्नान गरी बालिएको आगो तापेर घरमा मीठो–मसिनो खाना बनाइ खाइन्छ । सोही रात र प्रतिपदाका दिन लत्ताकपडा धुने र आफ्ना ढाल तरबारलाई चम्किलो बनाउने काम गरिन्छ ।ढाल कालोले रङ पोतिन्छ भने तरबारलाई धारिलो र चम्किलो बनाइन्छ ।
मुडा बालेको रातभर देउडा खेली भोली बिहान भारी खेलहरु खेल्ने प्रचलन रहेको छ ।पहिलो दिन आफन्तहरू एक ठाउँमा जम्मा हुने, रमाइलो गर्ने र राती धुनी जगाउन काठका ठुला ठुला मुडा बाल्ने प्रचलन छ। जसमा पाण्डव र कौरवको लडाइ र वीर गाथा गाईन्छ।यस पर्वलाई असत्य माथि सत्यको विजय भएको दिनको रूपमा लिने गरिन्छ।
भुवा पर्वको अवधिभर पुरुषहरू हातमा तरबार र खुकुरी लिएर युद्ध कलाको प्रदर्शनी गरी आत्मीयता, भाइचारा र सद्भाव बाँड्ने परम्परा छ। लोक संस्कृतिको जगेर्ना गर्ने लक्ष्यका साथ मनाइने भुवा पर्व सत कर्मको प्राप्ति, आदर सत्कारको भावना र मनोरञ्जनको विषयका रूपमा परापूर्व कालदेखि मनाइँदै आएको छ।
यसपर्वमा गाउँमा छैट खेल्ने चलन छ । घरको जेठो छोरा जन्मेको एक वर्ष पुरा गरेपछि उसको घरमा गएर छैट माग्ने गरिन्छ । छैटमा घरको आँगनमा भगवान श्रीकृष्णको गाथा गाउने, बच्चालाई गाउँका ठूलाबाडा मान्यजनले आशीर्वाद दिने र घरको मान्छेले सबै गाउँले बोलाएर भोज गर्ने चलन यस पर्वको मुख्य विशेषता हो ।
यस पर्व अवधिभर विभिन्न देउडा,मागल गाएर एक आपसमा मित्रता साटासाट गर्नु अर्काे बिशेषता हाे।भुवा पर्वको अन्तिम दिन दिउँसो सबै मान्छे भुवा खेल्न जम्मा भई आफूभन्दा ठूलाबाट टिका लगाई आर्शिवाद माग्ने र चाली खेलेर समापन गर्ने गर्दछन। जसलाई पिठायाे लगाउनु भनिन्छ।
भुवाेमा विभिन्न धार्मिक आस्थाहरु समेटीएका मागल,जीवन शैली, विभिन्न पेसा व्यवसायहरुसंग सम्बन्धित गित गाँउदै भारी खेलहरु खेल्ने गरिएका छन्। बाजुरा जिल्लाकाे रजाताेली,मार्तडी,जुगाडा, पाण्डुसैन, बह्रमतोला, छतारा लगायतका क्षेत्रमा बिशेष धुमधामका साथ भुवा पर्व मनाउने प्रचलन रहेको छ ।
बाजुराका विभिन्न गाउँबस्ती पाँच दिनसम्म भव्य रुपमा भुवाे मनाई रमाइलो गर्ने गरिन्छ। पुस महिनाकाे अति नै जाडाेमा युवायुवतीहरुकाे लर्काे लाग्ने गरेकाे छ।भुवा पर्व बिशेष गरी ३ देखी ५ दिन सम्म मनाउने गरिन्छ ।पर्वमा चौभानिया भाई ,भारी खेल,सरबा टोटली,ज्युउनापुरी धारुमल्यो भाई,विभिन्न स्तरका मागल,र चाली यस पर्वका मुख्य आर्कषक हुन ।











खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर