
बाजुराः बाजुरामा एक घरमा आगलागी भएको छ।जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ का स्थानीय गोविन्द्र कडाराको घर आगलागी भएको हो।

बुधबार राती करिब ७ बजेर ५० मिनेटमा जोरु बस्ने कडाराको धर्म कडाराको घरसँगै जोडिएको ३ तले ४ कोठे ढुङ्गा ,माटाले बनेको टिनले छाएको कच्चि घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरिक्षक लक्ष्मीराज जोशीले बताए ।
उनका अनुसार,घरमा अचानक सोलारको ब्याट्री सर्ट हुन गई आगलागी भएको बताएका छन्। आगलागीबाट मानवीय क्षति भने केही नभएको जोशीको भनाई छ।
आगलागीबाट गोबिन्द कडाराका ११ वटा कुखुरा जलेरका छन्। भने गोविन्द र धर्म कडाराको घर भित्र रहेका अन्नपात लत्ताकपडा, भाँडा बर्तन सम्पूर्ण सामान जलेर धनजनको क्षती भएको छ।
क्षती भएको भनि इ।प्र।का।स्वामिकार्तिक बाजुरामा टेलिफोन मार्फत जानकारी आए पश्चात् घटनास्थलमा प्रहरीको टोली खटाई क्षतीको विवरण संकलन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
अझै घटनाबारे थप अनुसन्धान तथा विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। बाजुरामा एक पछि अर्को गर्दै आगलागीका घटना बढ्न थालेका छन्।दुई हप्ता अघि मात्र सदरमुकाम मार्तडी भिषण आगलागी भएर करोडौंको क्षती भएको थियो।
बाजुरामा दिनप्रतिदिन आगलागीका घटनाहरु बढेपनि नियन्त्रणका लागि जिल्लामा एउटा पनि दमकल नहुँदा ठुलो क्षतिको सामना गर्नुपर्ने बाध्यता छ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर