
बाजुरा: नेकपा एमाले जिल्ला कमिटी बाजुराका सदस्य जंग विकले नेकपा एमालेका पछिल्ला गतिविधिबाट उदाशीन भएर पार्टी परित्याग गरेकाे बताएका छन्।नेकपा एमालेबाट सक्रिय रुपमा राजनिती गरिरहेका विकले एमाले पार्टी परित्याग गरि नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन्।

मार्तडीमा आयोजित नेकपाकाे एकता सन्देश सभामा उनले साेमबार पार्टी प्रवेश गरेका थिए।बडीमालिका नगरपालिका ७ जिल्ली स्थायी घर भएका विक विगत १९ बर्षदेखि एमाले पार्टीमा सक्रिय रुपमा राजनिती गर्दै आएका थिए।नेकपामा प्रवेश पश्चात् विकले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै औंपचारीक रुपमा एमाले छाेडेकाे बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,“अनेरास्ववियुबाट आरम्भ गरि नेकपा (एमाले) का विभिन्न कमिटी मा रहेर काम गर्ने क्रममा साथ, सहयोग र समर्थन गर्नुहुने अग्रज नेतृत्व, समर्थक र सुवेच्छुक प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। करिव १९ बर्ष सक्रिय राजनीतिक जीवन बिताएको एमाले पार्टी परित्याग गरेको छु ।”
उनले देशकाे वर्तमान राजनिति परिस्थिति,नवपुस्ताले उठाएका मागहरु प्रति पार्टी नेतृत्व उदाशीन हुनु,पार्टी संगठन निर्माणका लागी सामूहिक नेतृत्व भन्दा पनि गुट निर्माण गर्ने,र विगतकाे त्याग तपस्याकाे अवमूल्यन गर्नु लगायत कारणले आफूले पार्टी परित्याग सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।
साथै पार्टी परित्याग गरेपश्चात् पार्टी तथा आफ्ना शुभेच्छुक प्रति पर्न गएकाे अशुविधाकाे क्षमा याचना समेत गरेका छन्। उनले अब नेकपाबाट थप नयाँ तरिकाले देश निमार्ण गर्ने गरि नयाँ राजनिती यात्रा तय गर्ने बताएका छन्। देश जनता तथा पार्टीकाे हित हुने काम गरेर अघि बढ्ने समेत प्रष्ट पारेका छन्।
अबकाे नयाँ यात्रा नेपाल कम्युनिष्ट पार्टी र चुनाव चिन्ह तारासंग बलियाे सम्बन्ध स्थापित गरेर अघि बढ्ने विकले संकल्प समेत गरेका छन्। उनले आफूसंगै पार्टी परित्याग गरि नेकपामा प्रवेश गर्ने सम्पुर्णलाई हृदय देखि कृतज्ञता व्यक्त गर्दै हातेमालाे गरेर अघि बढ्न आग्रह समेत गरेका छन्।
बाटाे फरक भए पनि गन्तव्य एउटै भएकोले कम्युनिष्ट पार्टीमा रहेर देश र जनताकाे पक्षमा दृढताका साथ लागिरहने प्रतिबद्दता व्यक्त गर्दै तारासंग गाेलबद्द रहन आग्रह गरेका छन्।विक संगै ठुलाे संख्यामा बडीमालिका ७ बाट एमाले परित्याग गरि नेकपामा जाँदा एमालेमा भने पहिराे गएकाे छ।
एमालेमै रहेर सक्रिय राजिनित गरिरहेका युवा नेता पार्टीबाट गुमाउँदा एमाले बडीमालिका ७ मात्र नभई सिंगाे पार्टीलाई नै असर परेकाे छ। विकले एमाले छाेडी नेकपामा जाँदा अहिले सामाजिक सञ्जालमा उनकाे निकै चर्चा चलेकाे छ।
एमाले र काँग्रेस समर्थकले अहिले सामाजिक सञ्जालमा रिस र डाहाका साथ एकआपसमा आक्रोस पाेखिरहेका छन्। एमाले मात्रै नभई कतिपय काँग्रेस पनि पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका छन्।प्रवेश गर्दै उनीहरुले पार्टीका काम,कर्तव्य प्रति असन्तुष्टी जनाएका छन्।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर