
बाजुराः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पुर्व गृहमन्त्री समेत रहेका भिम रावलले देशका दुई ठुला दल नेपाली काँग्रेस र एमालेको दम्भ,हैकमबाद र अहंकार अनत्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको बताएका छन्।

काँग्रेस र एमालेकै खिचलोले देश संहारमा पुगेको बताउँदै नेता रावलले काङ्ग्रेस र एमालेलाई सचेत गराउन तथा देशमा फरक तरिकाले नयाँ परिवर्तन ल्याउने उदेश्य सहित नयाँ पार्टी निर्माण गरिएको बताएका हुन्।
कार्यक्रममा बोल्दै रावलले जेनजी आन्दोलनका क्रममा देशमा भएको हत्या,हिंसा,आगजनीबाट धनजनको क्षती भएको प्रति दुस्ख व्यक्त गर्दै सो घटना निम्तिनुको पछी काङ्ग्रेस एमाले नै रहेको बताएका हुन्।
सरकारमा बसेर जनता प्रति उत्तरदायी काम गर्न नसकेकोले देशमा संकट र उत्पाद मच्चिएको रावलले प्रष्ट पारे।साथै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संज्ञा गर्दै आन्दोलनको क्रममा सिंहदरबारको रक्षा गर्न नसकेर भागेको बताएका हुन्।नेता रावलले एमाले अध्यक्ष ओलीलाई भगोेैडाको संज्ञा समेत दिएका हुन् ।
सिंगो देशको माटो जलिरहेको अवस्थामा घटना न्युनिकरण गर्नुको साटो आफ्नो ज्यान जोगाउन हेलिकप्टरको सहायताले ओली भागेर गुप्तचर रुपमा बस्नु परेको रावलले बताए ।साथै ओलीले पुनस् देउवा दम्पतीलाई भेटेर संसद पनुस्स्थापना हुनु पर्यो भनेर भन्नु निकै लाजमर्दो कुरा रहेको बताएका हुन्।त्यस्तै रावलले नेपाली काङ्ग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको अझै चेत नखुलेको बताएका हुन्।
ओलीकै कारण आन्दोलनका क्रममा देउवा दम्पतीले कुटाई समेत खानु परेको बताउँदै त्यसपश्चात पनि अझै देउवाको चेत खुल्न नसकेको कुरामा रावलले जोड दिएका हुन्।रावलले काङ्ग्रेस,एमालेकै हैकमबाद र दम्भका कारण देशको भौगोलिक अखण्डता,राष्ट्रिय एकता र स्वाधीनताको संरक्षणमा चुनौती थपिएको प्रष्ट पारे।
रावलले देशमा शान्ति र सुशासन कायम गर्न तथा देश विकासमा नौलो परिवर्तन ल्याउन माओवादी,समाजवादी लगायतका पार्टी मिलेर नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको बताएका हुन्।रावलले भने,“काङ्ग्रेस एमालेको दम्भ,अहंकारको स्विकार्य छैन्। देशलाई गतिशिल विकासको रुपमा अघि बढाउन नयाँ पार्टी निर्माण गरेका छौँ।यस पार्टी जोडिएर देशमा शान्ति,सुशासन कायम गर्न आग्रह गर्दछौं। ”
साथै उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन निष्पक्ष र धाँधली रहित स्वतन्त्र मताधिकारको वातावरण बनाउनु पर्ने कुरामा जोड दिए। निर्वाचन भनेको देशको मुख्य मेरुदण्ड भएकोले निर्वाचनलाई धाँधली रहित बनाउन सबैले एकजुट भएर लाग्नु पर्ने रावलले बताएका हुन्।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर