
बाजुरा ःनेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट नरेश कुमार रोकाया केन्द्रीय सदस्यमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । महाधिवेशन प्रतिनिधिहरूको सर्वसम्मत समर्थनमा रोकाया केन्द्रीय सदस्यमा चयन हुनुभएको हो ।

पार्टी राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका रोकाया नेकपा (एमाले) का एक प्रतिबद्ध, इमानदार र संगठनप्रेमी नेताका रूपमा परिचित हुनुहुन्छ । उहाँले पार्टीको संगठन विस्तार, जनसम्पर्क तथा वैचारिक सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ । विभिन्न तहका पार्टी जिम्मेवारीहरू सम्हाल्दै नेतृत्व क्षमताको सफलतापूर्वक प्रदर्शन गर्नुभएका रोकाया पार्टी पंक्तिमा लोकप्रिय नेता मानिनुहुन्छ ।
उहाँको केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै पार्टीलाई थप सुदृढ र जनमुखी बनाउन महत्वपूर्ण भूमिका खेल्नुहुने अपेक्षा गरिएको छ । रोकायाको यस सफलताले उहाँको गृह जिल्ला तथा समर्थकहरूमा उत्साह थपिएको छ ।
नरेश कुमार रोकाया केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै उहाँको कार्यकाल सफल, प्रभावकारी र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर