• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 03, Mar, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सन्देश सभाः पार्टी प्रवेशको लहर,एमाले काङ्ग्रेसमा पहिरो

नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभाः सदरमुकाम मार्तडी खुलामञ्च
खप्तड मालिका न्युज December 16, 2025 मा प्रकाशित (२ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः नेपाली कम्युनिस्ट पार्टी नेकपा बाजुराको एकता सन्देश सभा भव्य रुपमा समापन भएको छ। सकारात्मक परिवर्तनका साथ नौलो आयाम र विकासका लागी बनेको पार्टीको एकता सन्देश सभा सदरमुकाम मार्तडीमा सम्पन्न भएको हो।

नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टी सहित दलहरुको एकतापपछि बनेको यस पार्टीको एकता सन्देश सभा सकारात्मक र परिवर्तन ल्याउने खालको देखिएको छ। एकता सन्देश सभामा नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावल प्रमुख अतिथिको रुपमा रहेका थिए।

रावल सहित कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता भानुभक्त जोशी,खगराज भट्ट,प्रकाश शाह,शेरबहादुर कुँवर सहितका नेताहरुले पनि सभालाई सम्बोधन गरेका हुन्। आयोजित सभामा एमाले र काङ्ग्रेस पार्टी परित्याग गरि नेकपा पार्टीमा प्रवेश गर्नेको लहर लागेको हो।

नेकपा एमाले बाजुराका जिल्ला कमिटी सदस्य जंग वि।क सहित तिन सय नेकपा एमाले र एक सय नेपाली काँग्रेसका कार्यकर्ता पार्टी परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको कार्यक्रम संयोजक अनिल शाहीले जानकारी दिए।धमाधम पार्टी परित्याग गरेर नेकपामा प्रवेश गर्ने नागरिकको लहर बढेपछि नेकपा एमाले र नेपाली काङ्ग्रेसमा ठुलो पहिरो गएको छ।

पार्टी प्रवेश गर्नेहरुलाईसभाका प्रमुख अतिथी भीम रावल सहित अन्य पार्टीका नेताहरुले फूलमाला अविर सहित स्वागत गरेका थिए ।नेपाली कम्युनिस्ट पार्टिमा प्रवेश गर्नेको संख्या ह्वात्तै बढेपछि जिल्लामा नेकपा एमाले र काङ्ग्रेसलाई असर समेत परेको छ। यहाँका ९ वटै स्थानीय तहबाट सयौंको संख्यामा नेता–कार्यकर्ताहरुले नेपाली कम्युनिस्ट पार्टिमा प्रवेश गरेका छन् ।

सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पुर्व गृहमन्त्री भिम रावलले देशमा नयाँ परिवर्तनको लागी नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको बताए ।यस पार्टीले देशमा आमुल परिवर्तन ल्याउने गरि काम गर्ने बताएका हुन्।साथै उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन निष्पक्ष र धाँधली रहित स्वतन्त्र मताधिकारको वातावरण बनाउनु पर्ने बताएका हुन्।

उनले देशको सार्वभौमसत्ता र अभिव्यक्ति माथि कसैले हानथाप गर्न नहुने बताएका हुन्। काँग्रेस एमालेको दम्भ र अहंकार अन्त्य गर्न नेपाली कम्युनिस्ट पार्टी निर्माण भएको कुरामा जोड दिए।नेपाली कम्युनिष्ट पार्टीका नेता तथा तत्कालिन नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष पुर रावतको अध्यक्षतमा संचालन भएको एकता सन्देश सभामा नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावल प्रमुख अतिथी रहेका थिए ।

यस्तै कार्यक्रममा नेता भानुभक्त जोशी,खगराज भट्ट,प्रकाश शाह,शेर बहादुर कुँवर विशिष्ट अतिथी थिए ।  दीर्घ बहादुर सोडारी,कर्ण बहादुर वि.क, गणेश वि.क,निरा जैरु,लालबहादुर खड्का,मनलाल खत्री, विरेन्द्र भण्डारी,कुल बहादुर कुँवर र महेन्द्र शाही सहित जिल्ला तथा प्रदेशका नेताहरु अतिथी रहेका थिए । तत्कालिन नेकपा माओवादी केन्द्र बाजुराका संयोजक देबीचन्द्र बुढाले कार्यक्रम संचालन गरेका थिए ।

 

सम्बन्धित पोस्ट
  • पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव
  • मौन अवधिमा केके गर्न पाइँदैन ?
  • आज तराईका जिल्लामा होली
  • वेस्ट इन्डिजलाई हराउँदै भारत सेमिफाइनलमा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

    मौन अवधिमा केके गर्न पाइँदैन ?

    आज तराईका जिल्लामा होली

    समाचार

    पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

    मौन अवधिमा केके गर्न पाइँदैन ?

    आज तराईका जिल्लामा होली

    वेस्ट इन्डिजलाई हराउँदै भारत सेमिफाइनलमा

    देशैभरी साताव्यापी सार्वजनिक बिदा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑