• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 19, Mar, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

संस्कृति झल्किने देउडा सहित लैङ्गिक हिंसा विरुद्धको अभियान समापन तथा छाउपडी गाेठमुक्त वडा घाेषणा

खप्तड मालिका न्युज December 10, 2025 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

खप्तड मालिका न्युज,बाजुरा: बाजुराको बडीमालिकामा नगरपालिकामा विभिन्न कार्यक्रम गर्दै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन गरिएको छ । परम्परागत संस्कृति झल्किने देउडा सहित कार्यक्रम समापन गरिएको हाे।

नगरपालिकाकाे महिला बालबालिका शाखाकाे आयोजना तथा विभिन्न सहयाेगी संस्थाकाे सहयाेग तथा संयुक्त साझेदारीमा विविध कार्यक्रम सञ्चालन गर्दै लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान बुधबार सम्पन्न गरिएको हाे।

अभियान समापनका साथै बडीमालिका नगरपालिकाकाे वडा.नम्बर ८ लाई छाउपडी गाेठमुक्त वडा घाेषणा समेत गरिएको छ।बडीमालिका नगरपालिकाले पालिका भित्र रहेका ६ वटा वडालाई यस अघि नै छाउपडी गोठमुक्त वडा घोषणा गरिसकेको छ ।

बाँकी रहेका १, ७ र ८ नम्वर वडालाई यस आर्थिक बर्षभित्र छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी अनुसार ८ नम्बर वडालाई बुधबार एक कार्यक्रमका बिच छाउपडी गाेठमुक्त वडा घाेषणा गरिएको हाे।यो आर्थिक वर्ष भित्र बाँकी रहेका वडालाई छाउगोठ मुक्त बनाउने अभियान अनुसार ८ नम्वर वडालाई छाउपडी गाेठमुक्त वडा घाेषणा गरिएको नगर उप-प्रमुख नन्दा कुमारी थापाले बताएकी छन् ।

समाजमा व्याप्त कु-प्रथाका रुपमा रहेको छाउपडी प्रथा अन्त्य गर्नका लागी नगरपालिकाले थालेकाे तीब्र अभियान स्वरुप ८ नम्वर वडालाई सफल रुपमा छाउपडी गाेठमुक्त वडा घाेषणा गर्न सफल भएको बताएकी हुन्।

बाँकी रहेका वडामा महिनावारी भएका बेला बस्नका लागि बनाइएका छाउ गोठहरुलाई तत्काल भत्काएर घरभित्रै सुरक्षित तरिकाले बस्न र बसाउनका लागि घरपरिवारलाई सुझाव दिदै आएकाे उप-प्रमुख थापाकाे भनाइ छ।

समाजमा जराे गाडेर बसेकाे छाउपडी प्रथालाई समाजबाटै निर्मुल गर्न आवश्यक रहेकाे बताउँदै उप-प्रमुख थापाले गाेठलाई मात्रै नियन्त्रण गरि छाउपडी प्रथा अन्त्य नहुने भएकोले सम्पूर्ण महिलाहरु शिक्षित र छाउपडी सम्बन्धी जनचेतना फैलाउन आवश्यक रहेकाे बताईन्।

साथै उनले लैङ्गकि हिंसाकाे अन्त्य गर्न जरुरी रहेकाे बताउँदै  लैङ्गकि हिंसाकाे सिकारबाट जाेगिन सबैले सचेतता अपनाउनु पर्ने बताएकी हुन्। लिङ्गका आधारमा गरिने हिंसाबाट महिला मात्रै नभई पछिल्लो समय पुरुष समेत प्रभावित हुने गरेकाे उनकाे भनाइ छ। यस्ता नकारात्मक कु-संस्कार र कुरितीकाे अन्त्य गरि सभ्य समाज निर्माण गर्नुपर्ने कुरामा उनले जाेड दिईन्।

लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान समापन तथा छाउपडी गाेठमुक्त कार्यक्रममा लैङ्गकि हिंसा तथा छाउपडी सम्बन्धी बृहत् देउडा कार्यक्रम गरिएको हाे।साथै बालविवाह कु–संस्कार,कुरीति लगायत विपद् जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रमहरु पनि सञ्चालन गरिएका थिए।

बृहत देउडा प्रतियोगितामा विभिन्न वडाबाट सहभागी महिला समुहहरुबाट छाउपडी,छुवाछुत,कु-संस्कार,कुरिती तथा लैङ्गकि हिंसा बारे देउडा मार्फत सवाल-जवाफ गरिएको थियाे। देउडा प्रतियाेगिताले परम्परागत संस्कृतिकाे जेगेर्ना संगै लैङ्गकि हिंसा,छुवाछूत तथा छाउपडी प्रथा न्युनिकरणमा सहयाेग पुग्ने अपेक्षा लगिएकाे छ।

देउडा प्रतियाेगितामा सहभागी ८ टिमहरुलाई उचित पुरस्कार सहित सम्मानित गरिएको हाे। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान यस बर्ष “प्रविधिको सही प्रयोग गरौ,लैङ्गिक हिंसा अन्त्य गरौ”भन्ने मूल नाराका साथ मनाईएकाे हाे।

बडीमालिका नगरपालिका ८ का कार्यवाहक अध्यक्ष करे रावललकाे अध्यक्षतामा सञ्चालन भएको लैङ्गिक हिंसा विरुद्धको अभियान समापन तथा छाउपडी गाेठमुक्त वडा घाेषणा कार्यक्रमकाे प्रमुख अतिथि बडीमालिका नगरपालिका उप-प्रमुख नन्दा कुमारी थापा रहनु भएको थियाे।

त्यस्तै कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विक,नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम बहादुर राैले,वडिमालिका ८ का वडा सचिव गाेरख बहादुर रावल,बडीमालिका महिला बालबालिका शाखाकी केशरी राेकाया अतिथि रहेका थिए।

त्यस्तै कार्यक्रम पीसविन,गिफ्ट,निड्स,सिडिसि,ओरेक,ओसिएमसी,साथी संस्था,युउएनएफपिए,उपहार नेपाल लगायत संस्थाका प्रतिनिधि लगायतकाे सहभागीता थियाे।कार्यक्रमकाे सञ्चालन पीसविन फिल्ड सुपरभाइजर विरेन्द्र रावलले गर्नुभएको थियााे।

सम्बन्धित पोस्ट
  • मध्यम वर्षा तथा हिमपातको सम्भावना
  • राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै, समानुपातिक सांसदलाई प्रमाणपत्र
  • कांग्रेस सभापति थापाले दिए राजीनामा
  • अब बन्ने सरकारले नि:शुल्क र गुणस्तरीय शिक्षा प्रभावकारी बनाउन भुमिका खेल्नुपर्नेमा शिक्षकहरुको जोड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    मध्यम वर्षा तथा हिमपातको सम्भावना

    राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै, समानुपातिक सांसदलाई प्रमाणपत्र

    कांग्रेस सभापति थापाले दिए राजीनामा

    समाचार

    मध्यम वर्षा तथा हिमपातको सम्भावना

    राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै, समानुपातिक सांसदलाई प्रमाणपत्र

    कांग्रेस सभापति थापाले दिए राजीनामा

    अब बन्ने सरकारले नि:शुल्क र गुणस्तरीय शिक्षा प्रभावकारी बनाउन भुमिका खेल्नुपर्नेमा शिक्षकहरुको जोड

    संक्रमितलाई लाञ्छना र तिरस्कार हाेईन्,सम्मानजनक व्यवहार सुनिश्चित गर्नुपर्छ: नगर प्रमुख खड्का

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑