
बाजुराः बाजुराको दुर्गम कर्णाली पारीको गाउँपालिका स्वामिकार्तिक खापर गाउँपालिकाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री झोला संगै न्यानो कपडा वितरण गरिएको छ । अत्याधिक जाडो बढेकोले जाडोबाट बच्न थोरै राहत मिलोस् भन्ने उदेश्यका साथ न्यानो ज्याकेट वितरण गरिएको हो ।

हातमा किताब बोकेर विद्यालय जानु पर्ने बाध्यतालार्ई ध्यानमा राखेर विद्यार्थीहरुलाई स्कुल झोला समेत वितरण गरिएको हो । नेपालका साथीहरु नामक संस्था,स्वामिकार्तिक गाउँपालिकाको सहकार्यका साथै नागरिक सेवा सरकार मञ्चको समन्यवयमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले जानकारी दिए ।
उनका अनुसार,गाउँपालिकाको वडा नम्बर ४ स्थित कालिका आधारभूत विद्यालय फैता र कर्णाली आधारभूत विद्यालयका छापुका करिब ३० जना बालबालीकाहरुलाई सामाग्री वितरण गरिएको बताएका छन् । सामाग्री वितरणले ससाना बालबालीकाको स्वास्थ्य क्षेत्र संगै अध्ययन अध्यापनमा सहज हुने बताए । जाडोको समय भएकाले चिसोबाट बच्न ज्याकेटले ठुलो राहत मिल्ने अध्यक्ष रोकायाको भनाई छ ।
विभिन्न बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सामाग्री वितण गर्न पाउँदा निकै खुसी लागेको बताउँदै अध्यक्ष रोकायाले सामाग्री वितरणमा सहयोग पुर्याउने प्रति आभार प्रकट गरेका छन् । वितरण गर्न बाँकी गाउँपालिका भित्रका विद्यालयमा क्रमिक रुपमा सामाग्री वितरण गरिने भएको छ । स्वामिकार्तिकले विभिन्न सहयोग निकाय संग समन्वय,सहकार्य गरेर पालिका भित्रका विद्यालयमा जाडोको समयमा न्यानो कपडा संगै स्कुल व्याग वितरण गर्दै आएको छ ।
गाउँपालिकाका अध्यक्ष रोकायाले सम्पुर्ण विद्यार्थीहरुलाई सामाग्री वितरण गरेका हुन्। सामाग्री वितरण कार्यक्रममा नेपाली काँग्रेस गाउँकार्य समिति सभापती महेश कटेल,समाजसेवी जनेश भण्डारी, नेपालका साथीहरु नामक संस्थाकी बेनी हेजु,पत्रकार जितजंग कट्टेल,विद्यालयका शिक्षक लगायत अभिभावक र विद्यार्थीहरुको सहभागीता थियो ।




खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर