
बाजुरा: बाजुराकाे सदरमुकाम मार्तडीमा भीषण आगलागी भएको छ । बडीमालिका नगरपालिका-८ का स्थानीय प्रकाश थापाको कम्पेलेक्स डिपार्टमेन्टल स्टाेरमा आज दिउँसो करिब सवा १२ बजेतिर आगलागी भएको हाे।
बिजुलीको तार सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।आगलागीबाट करोडौं रूपैयाँको क्षति भएको प्रहरीकाे अनुमान छ । क्षतिकाे एकिन विवरण भने प्रहरीले संकलन गरिरहेकाे छ ।
बडीमालिका नगरपालिका-८ नयाँ बसपार्क जाने बाटाे जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योगमा आगलागी भएको हाे।आगलागीबाट ग्यारेज सहितकासम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिए।
उनका अनुसार,सुरक्षाकर्मी,स्थानीय लगायत पत्रकारकाे सक्रियतामा आगो नियन्त्रण आएकाे बताएका छन्।क्षति संकलन गर्ने काम भईरहेकाे जाेशीले जानकारी दिए।बाजुरामा दिनप्रतिदिन आगलागीका घटनाहरु बढेपनि नियन्त्रणका लागि जिल्लामा एउटा पनि दमकल नहुँदा ठुलाे क्षतिकाे सामना गर्नुपर्ने बाध्यता छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर