
बाजुराः बडीमालिका नगरपालिकाले नगर स्थापना दिवस विविध कार्यक्रम गरेर मनाउने भएको छ।स्थापना दिवसका अवसरमा नगरपालिकाले स्थानीय संस्कृति झल्किने कार्यक्रमको आयोजना गर्ने भएको हो।

नगरपालिकाले आफ्नो ११ औं ‘नगर स्थापना’ दिवसका अवसरमा बाजुराको कला,संस्कृति झल्किने विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ।हरेक बर्ष भव्य रुपमा स्थापना दिवस मनाउँदै आएकोमा यो बर्ष पनि भव्य रुपमा स्थापना दिवस मनाईने नगरपालिकाले जनाएको छ।
सदूर तथा बाजुराको संस्कृतिलाई प्रमुख प्राथामिकतामा राखेर स्थापना दिवसका अवसरमा सामाजिक,संस्कृति झल्किने लगायतका कार्यक्रम गर्न लागिएको नगर प्रवक्ता तथा बडीमालिका नगरपालिका ७ का अध्यक्ष धर्मराज पाध्यायले बताए।उनका अनुसार,नगरभित्रका ९ वटै वडाका स्थानीय कला,संस्कृति,रितिरिवाज,चालचलन,भेशभुषा,विभिन्न नृत्य हरुको प्रर्दशनी गरिने बताएका छन्। हरेक बर्ष फरक खाले कार्यक्रम गरेर स्थापना दिवस मनाईने गरिएको पाध्यायको भनाइ छ।
दिवसका अवसरमा,नगरपालिकाको नगर गितमा स्थानीय कलाकारहरुबाट नृत्य प्रस्तुति,वडा स्तरिय झाँकी प्रर्दशन,
१ नम्बर वडाको हरिनो नाच,२ वडाको महिला देउडा,३ नम्बर वडाको विशुपर्वको गाथा,४ वडाको विवाह मागल भाका,५ को स्थानीय देउडा,वडा नम्बर ६ को परम्परागत देविदेवताका मागल ७ नम्बरको भोटेसेलो र ८ र ९ को अनन्ते गाथा तथा भुवाचाली गौरा आदीको प्रस्तुती गरिने छ ।
साथै स्थापना दिवसकै अवसरमा बडीमालिका नगरपालिका को कलासंस्कृतिस् हाम्रो पहिचान बिषयमा मावि स्तरिय नृत्य प्रतियोगिताका साथै स्थानीय पहिरन सहित पञ्चेबाजा नाच देखाईने छ । त्यस्तै पालिकका कर्मचारी स्तरिय खुल्ला महिला तथा पुरुष भलिवल प्रतियोगिता समेत हुने भएको छ। कार्यक्रम उत्कृष्ट हुनेहरुलाई उचित पुरस्कारको समेत व्यवस्था रहेको छ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर