• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 19, Mar, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

सामाजिक एकता र आपसी सद्भाव कायम गर्न वनभोज कार्यक्रम

खप्तड मालिका न्युज November 15, 2025 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुराः सामाजिक एकता र आपसी सद्भाव कायम गर्न नेपाली कांग्रेस बाजुराले वनभोज कार्यक्रम गरेको छ ।शनिबार कांग्रेस बाजुराले बडीमालिका ८ बाल्याथापा व्यारेक नजिकै वनभोज कार्यक्रमको आयोजना गरेको हो।

सामाजिक एकता,आपसी सद्भाव,र भाईचाराको सम्बन्ध स्थापित गर्न तथा पार्टी नेतृत्वलाई शसक्त र बलियो बनाउने उदेश्यका साथ पार्टीमा आस्थावान व्यक्तिहरुको उपस्थितिमा वनभोज कार्यक्रम गरिएको हो।

वनभोज कार्यक्रमले आपसी भेटघाट,नेतृत्व विकास र पार्टी मजबुत बनाउन सबै एकै थलोमा उभिएको सन्देश समेत दिएको छ ।पार्टीभित्र आन्तरिक एकता र बलियो सम्बन्ध स्थापित गर्न कार्यक्रमको आयोजना गरिएको कांग्रेस बाजुराका पुर्व पार्टी सभापति कविराज पण्डितले बताए ।

पार्टीको काम,कर्तव्यका साथ सामाजिक सद्भाव स्थापित गर्न वनभोज कार्यक्रमले सकारात्मक सन्देश दिने अपेक्षा समेत लगिएको उनले बताए ।पण्डितले भने,“पार्टी भित्र सामुहिक एकता,आपसी सम्बन्ध,कायम राख्न वनभोजले ठुलो भुमिका खेल्छ । यसलाई मनोरञ्जनको माध्यम मात्र नभई नेतृत्व विकास र सम्बन्ध स्थापित गर्ने माध्यमको रुपमा पनि लिनुपर्छ।”

त्यस्तै कांग्रेस नेतृ सूदुरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले वनभोज कार्यक्रमले सिङ्गो पार्टी नेपाली कांग्रेस एकै थलोमा बसेर अघि बढेको सन्देश दिएको बताएकी छन् ।पार्टी नेतृत्वलाई बलियो ढंगले अघि बढाउन कार्यक्रमले ठुलो सहयोग पुर्याउने समेत बताईन्।

उनले भनिन्,“नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले प्रजातान्त्रिक चरित्र देखाउन र जनतालाई विश्वासमा लिन आपसी मतभेद कम गर्न आवश्यक छ । अन्य पार्टी जस्तो फरक मत र विचार ग्रहण गरेर पार्टीभित्र विकृति,विसंगती भित्र्याउनु हुँदैन ।”

आगामी चुनावमा कांग्रेसको एकलौटी मत आउँने गरेर पार्टी नेतृत्व शसक्त भएर लाग्नुपर्ने कांग्रेस नेता तथा सूदुरपश्चिम प्रदेश प्रचार(प्रसार विभाग प्रमुख धनराज पण्डितले बताए ।चुनावी तनाव बिर्सेर पार्टी एकताबद्ध भएर जनताको काममा लाग्नुपर्ने उनको भनाई थियो।

वनभोज कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ता संगै आस्थावान् सम्पुर्णको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थिति सम्पूर्णले परिचयात्मक कार्यक्रममा साथ पार्टीलाई कसरी शसक्त र बलियो बनाउने,आगामी दिनमा कसरी अघि बढ्ने र नयाँ नेतृत्व विकास कसरी गर्ने भन्ने लगायत बिषयमा छलफल गरिएको थियो ।

साथै उपस्थिति सम्पुर्णले नाचगान र देउडा खेलेर भव्य रमाइलो समेत गरेका थिए । वनभोज घरबाट रमणीय स्थानहरूमा गएर खानेकुरा खाँदै,आपसी सम्बन्ध,सद्भाव र भाईचारा स्थापित गर्न आयोजना गरिने मनोरञ्जनात्मक कार्यक्रम हो । वनभोजमा मानिसहरू भेला भएर मीठामीठा परिकार पकाएर खाने,विभिन्न बिषयमा छलफल संगै नाचगान गर्ने गर्छन् ।

 

 

 

 

सम्बन्धित पोस्ट
  • मध्यम वर्षा तथा हिमपातको सम्भावना
  • राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै, समानुपातिक सांसदलाई प्रमाणपत्र
  • कांग्रेस सभापति थापाले दिए राजीनामा
  • अब बन्ने सरकारले नि:शुल्क र गुणस्तरीय शिक्षा प्रभावकारी बनाउन भुमिका खेल्नुपर्नेमा शिक्षकहरुको जोड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    मध्यम वर्षा तथा हिमपातको सम्भावना

    राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै, समानुपातिक सांसदलाई प्रमाणपत्र

    कांग्रेस सभापति थापाले दिए राजीनामा

    समाचार

    मध्यम वर्षा तथा हिमपातको सम्भावना

    राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै, समानुपातिक सांसदलाई प्रमाणपत्र

    कांग्रेस सभापति थापाले दिए राजीनामा

    अब बन्ने सरकारले नि:शुल्क र गुणस्तरीय शिक्षा प्रभावकारी बनाउन भुमिका खेल्नुपर्नेमा शिक्षकहरुको जोड

    संक्रमितलाई लाञ्छना र तिरस्कार हाेईन्,सम्मानजनक व्यवहार सुनिश्चित गर्नुपर्छ: नगर प्रमुख खड्का

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑