
बाजुरा: बाजुरामा सडेगलेकाे अवस्थामा भेटिएकाे वेवारिसे शवकाे पहिचान खुलेकाे छ । बुधबार बाजुराकाे हिमाली गाउँपालिका झुगलास्थि कर्णाली नदीमा उक्त शव फेला परेकाे थियाे।
उक्त शव हुम्लाको चंखेली गाउँपालिका ४ माथिल्लो पाली बस्ने हर्क बोहराकी अन्दाजी २० बर्षीया कर्मा बोहराको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
कर्मा संगै एक युवक केही दिनअघि घरबाट सम्पर्कविहीन भएका थिए । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेकाे बुझिएकाे छ। सोही गाउँका अन्दाजी २३ बर्षका हंस बुढाथोकीसँग कर्मा भागेकी थिइन् तर पछि दुवैजनाले सँगै कर्णाली नदीमा हाम फालेको बताईएकाे छ ।
त्यसवेला खवर गर्दा उनकाे कुनै खवर नभएको तर १२ दिनपछि बाजुरामा शव भेटियो उनका आफन्तले बताए ।
कर्मा संगै हाम फालेका युवक भने हालसम्म कतै नभेटिएको बताईएकाे छ । कोल्टी अस्पतालमा हुम्लाबाट मृतक युवतीका बुवासहित आफन्तहरु समेत पुगेका हुन् । उनले घाँटीमा लगाएको सिक्री र शारीरिक बनावटका आधारमा सनाखत गरिएकाे हाे ।
मृतक युवतीको शव कोल्टी अस्पतालमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर