
बाजुरा- विश्व हुलाक दिवसको अवसरमा आयोजित देउडा कार्यक्रम सम्पन्न भएको छ।१५१औँ बिश्व हुलाक दिवसको अवसरमा हुलाक कार्यालय बाजुराले खुला देउडा प्रतियोगिताको आयोजना गरेको थियो।

हुलाक सेवाको महत्व र प्रभावकारिता उजागर गर्न आयोजना गरिएको देउडा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हुलाक कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख उत्तम बमले बताए।
उनका अनुसार, देउडा प्रतियोगितामा ८ टिम सहभागी भएका थिए। जसमा रजाली महिला समूह प्रथम भएको छ । भने गंगा भवानी महिला समूह द्धितीय भएको छ।त्यस्तै तुलसी महिला समूहले तृतीय स्थान ल्याउन सफल भएको बमले बताएका छन् ।
दुर्गम क्षेत्रमा हुलाक सञ्चारको महिमा बढाउन आयोजित देउडा कार्यक्रमले कला,संस्कृति र हुलाक सेवाको प्रभावकारीतामा थप टेवा पुर्याउने विश्वास लगिएको छ।महिला पुरुष बीच खुला प्रतिस्पर्धा गराउने भनिए पनि अन्ततहस् प्रतियोगितामा महिलाहरु मात्रै सहभागि भएका थिए ।
“ मानिसहरूका लागि पोस्टस् स्थानीय सेवा विश्वव्यापी पहुँच” भन्ने नाराका साथ प्रतियोगिताको आयोजना गरिएको थियो ।प्रतियोगितामा विजेता प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश १० हजार, ७ हजार, ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितमा साहित्यकार तथा गायक हर्क खडायत, सञ्चारकर्मी कृष्ण ओली र धिरेन विक मूल्याकंन कर्ताको भूमिकामा थिए ।
नेपालमा वि.स. १९३५ बाट हुलाक सेवा सञ्चालनमा आएको हो । तत्कालिन राणाकालिन प्रधानमन्धी जंगबहादुर राणाले हुलाक सेवाको सञ्चालन गरेका थिए ।निमित्त कार्यालय प्रमुख उत्तम बमको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथी समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहनु भएको थियो ।
त्यस्तै कार्यक्रममा समन्वय उपप्रमुख लाछु सार्की,प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल,सहायक प्रजिअ शितल बहादुर रावल,बडीमालिका नगरपालिकाकी उप(प्रमुख नन्दा थापा लगायत जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि,अन्य स्थानीय लगायत पत्रकारहरुको सहभागीता रहेको थियो।





खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर