
बाजुरा- बाजुराको सदरमुकाम मार्तडीमा “बाजुरा कप” फुटबल प्रतियोगिता सुरु भएको छ।सेभेन ए साइड फुटबल प्रतियोगिताको नेकपा एमाले सचिव एवं मालिका माविका विव्यस अध्यक्ष काशी विकले औंपचारीक रुपमा गरेका हुन् ।
नेपालीहरुको महान चाड बडा दशै तथा शुभ दिपावली २०८२ को अवसर पारेर उक्त प्रतियोगिताको आयोजना गरिएको संयोजक हिमाल बडुवालले बताए ।उनका अनुसार प्रतियोगितामा २० टिम सहभागी छन्।पहिलो दिन बाजुरा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र इन्जिनियर सेवामा आवद्ध युवाहरु बीच मैत्रीपूर्ण प्रतिस्पर्धा गराइएको थियो । जसमा इन्जिनियर सेवाका युवाहरुले जितेको उनले जानकारी दिए।
आजबाट विहानबाट समूह चरणका खेलहरु सञ्चालन गरिएका छन्। ५ हजार नगद सहीत टिम दर्ता राखिएको खेलको विजेताले ६१ हजार नगद, टर्फि र प्रमाण पत्र प्राप्त गर्नेछन् ।भने उपविजेता टिमले ३२ हजार नगद सहीत प्रमाण पत्र प्राप्त गर्नेछन्।
त्यस्तै सर्वोत्कृष्ट खेलाडी,सर्वोत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता खेलाडीलाई ५।५ हजार नगदले सम्मान गरिने आयोजकले जनाएको छ।प्रतियोगिताको दिनेश ट्रेर्डस एण्ड सप्लार्यसले प्रायोजन गरेको छ ।२६ गतेसम्म सञ्चालन हुने खेल मालिका माविको खेल मैदानमा सञ्चालन गरिएको छ ।
यो प्रतियोगिताले जिल्लामा नयाँ खेलाडी उत्पादन संगै जिल्लामा खेलकुदको विकास र युवाहरूको खेल प्रतिको आकर्षण बढ्ने अपेक्षा समेत लगिएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर