
बाजुरा: बाजुराकाे पुर्वि उत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिकामा लगाईएकाे ताला खाेलिएकाे छ।स्थानीयहरूका माग एक हप्ता भित्र सुनुवाइ हुने निर्णयका साथ ताला खाेलिएकाे हाे ।
युवाहरुले यहाँका स्थानीय जनताकाे मागअनुसार काम गर्न नसकेको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए। काेल्टीमा खानेपानी र विद्युत सेवालाई चुस्त बनाउन माग गर्दै उनीहरुले तालाबन्दी गरेका हुन्।
काेल्टीमा विद्युत र खानेपानीकाे समस्या जटिल रहेकाे छ । गुणस्तरिय विद्युत सेवा नहुँदा यहाँका स्थानीय अँध्याराेमा बस्न बाध्य छन्। कहिलेकाहीँ काेल्टी बजार मैनबतीकाे साहारामा चलिरहेकाे हुन्छ । त्यस्तै गुणस्तरीय खानेपानी सेवा नहुँदा स्थानीयले समस्या भाेग्दै आएका छन्।
युवाहरुले कोल्टी बजारमा तत्काल खानेपानी र नियमित विद्युत सेवाको व्यवस्था गर्न माग गर्दै ताला लगाएका थिए तर नगरपालिकाले एक हप्ता भित्र माग पूरा गर्ने निर्णय अनुसार ताला खाेलिएकाे हाे।
ताला खाेलिनु पुर्व तालाबन्दी कर्ता र नगर उपप्रमुख राम बहादुर बाेहरा बिच छलफल भएको थियाे । छलफल पश्चात् एक हप्ता भित्र माग पूरा गर्ने निर्णयका साथ ताला खालिएकाे हाे । एक हप्ता भित्र माग सुनुवाइ भएन भने पुन तालाबन्दी गर्ने समेत युवाहरूकाे चेतावनी दिएका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर