
बाजुरा: नेपालीहरुकाे महान चाड दशैँ सकिएसँगै सुनसान बनेकाे मार्तडीमा चहलपहल बढेकाे छ ।दशैँ मनाउन घर गएका स्थानीय बजार फर्कन थालेपछि सुनसान बनेकाे मार्तडीमा चहलपहल बढेकाे हाे ।
बडादशैँको बिदा सकिएसँगै सरकारी कार्यालयहरू सञ्चालनमा आए पश्चात् चलहपहल शुरु हाे । जिल्ला प्रशासन कार्यालय सहित अन्य सरकारी कार्यालय त्यस्तै बजारभर चहलपहल शुरू भएको छ ।
यस वर्ष असोज १६ गते दशैँको टीका रहेको थियो । त्यसपछिका ५ दिन कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउने गरिन्छ । फूलपातीदेखि द्वादशीसम्म सरकारले सार्वजनिक बिदा दिएको थियो । दशैँको बिदा सकिएसँगै सरकारी कार्यालयहरूमा कर्मचारीको चहलपहल शुरू भएको हो ।
दशैँमा सुनसान बनेको सदरमुकाम मार्तडीमा दसैं पश्चात् चहलपहल बढेकाे बडीमालिका एण्ड रवीन्द्र फेन्सी स्टाेरका प्रोपाईटर व्यवसायी जयराज उपाध्यायले बताए ।दसैं मनाउन टाढाटाढा घर गएकाे स्थानीय व्यवसायी बजार फर्किए पछि चहलपहल बढेकाे उपाध्यायकाे भनाई छ।
केही दिन चहलपहल बढेपनि फेरि तिहार सुरु भए पश्चात् केहि दिनकाे लागी बजार सुनसान हुने भएको छ। अहिले बजार भन्दा पनि गाउँघरमा निकै चहलपहल छाएकाे छ । परदेश तथा पढाईकाे सिलसिलामा टाढा गएका यहाँका स्थानीय चाडबाड मनाउन घर फर्किएकाले गाउँघरमा निकै चहलपहल छाएकाे हाे ।
याे बर्ष दसैं तिहार नजिकै परेकाेले यहाँका स्थानीयलाई चाडबाड भन्दा पनि कामले सताएकाे छ । खेतबारीमा झुरिमुरी धान तथा काेदाेबाली पाकिरहेकाे छ । अहिले स्थानीयलाई बालीनाली भित्र्याउन भ्याईनभ्याई रहेकाे छ । बाजुराका ९ वटै स्थानीय तहमा कामकाे चटाराे बढेकाे छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर