
बाजुरा: बाजुरामा जीप दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । बुधबार दिउँसो बाजुराकाे जगन्नाथ गाउँपालिका वडा.नम्बर १ गेडेखाेलास्थित कर्णाली करिडाेरमा दुर्घनामा परेकाे हाे ।
ग्यारेजमा जीप मर्मत गरि सडकमा ल्याएर चेकजाँच गर्ने क्रममा जिप एक्कासी अनियन्त्रित भई दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सुचना अधिकारी देववहादुर चाैतरीले बताए ।
उनका अनुसार,स्वामिकार्तिक खापरगाउँपालिका वडा नम्बर दुई बस्ने अन्दाजी २६ बर्षका दिल बहादुर बुढाले चलाएकाे सु.प.प्र. ०१-००१ ज १२३२ नम्बरकाे जिप अनियन्त्रित भई पल्टिएको बताएका छन्।
जिप सडकबाट करिब ७५ मिटर तल खसेकाे हाे । दुर्घटनामा परि दुई जना घाईते भएका छन् भने चालक सकुशल रहेका छन्। घाईते हुनेमा गाैमुल गाउँपालिकाका अन्दाजी १८ बर्षका सन्ताेष बाेहरा र वतन नखुलेका खुदिर कुमार ग्यारेजकाे मिस्त्री रहेका छन्।
घाईते दुबै जनाकाे हात,खुट्टा र टाउकाेमा चाेट लागेकाे र उपचारकाे लागी काेल्टी आधारभूत अस्पताल ल्याईएकाे बताईएकाे छ । घटनाबारे थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर