
काठमाडौं- यस वर्ष भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ३ अमेरिकी वैज्ञानिकहरूले पाएका छन् ।तीन अमेरिकी वैज्ञानिक जोन क्लार्क, माइकल डेभोरेट र जोन मार्टिनिस यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान गरिएको नोबेल पुरस्कारद्वारा मंगलबार अपरान्ह सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।
विजेताहरूलाई ११ मिलियन स्विडिस क्रोना (करिब १ करोड ६५ लाख रुपैयाँ), स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ। यो पुरस्कार डिसेम्बर १० तारिखमा स्टकहोममा प्रदान गरिनेछ।स्विडिस रोयल एकेडेमी अफ साइन्सेसका अनुसार, यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार ‘एक विद्युतीय सर्किटमा देखिएको म्याक्रोस्कोपिक क्वान्टम मेकानिकल टनेलिङ र ऊर्जा क्वान्टाइजेसनको खोजका लागि’ प्रदान गरिएको हो ।
उनीहरूले चिपमा गरेका प्रयोगहरूले क्वान्टम भौतिकीलाई प्रत्यक्ष रूपमा देखाएका विज्ञप्तिमा उल्लेख छ ।क्वान्टम मेकानिक्सले कणलाई एउटा अवरोध सीधै पार गर्न अनुमति दिन्छ, जसलाई टनेलिङ भनिन्छ।
सामान्यतया धेरै कणहरू संलग्न हुँदा यस्ता क्वान्टम प्रभावहरू हराउँछन्, तर विजेताहरूका प्रयोगहरूले क्वान्टम गुणहरू म्याक्रोस्कोपिक (ठूलो) स्तरमा पनि ठोस रूपमा देखिन सक्छन् भन्ने देखाएका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर