
बाजुरा- ट्रकको ठक्करबाट बाजुराका एक युवकको भारतमा मृत्युु भएको छ। मृत्यु हुनेमा बाजुराको बडीमालिका नगरपालिका ४ रिला घर भएका अन्दाजी वर्ष २८ का नरेन्द्र नाथ रहेका छन् ।

नाथको भारतको नयाँ दिल्लीबाट नेपाल आउने क्रममा पिलिभित बिसलपुर सडकस्थित उनी चढेको ट्याक्सीको टायर बदल्ने क्रममा बिपरित दिशाबाट आएको ट्रकले ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको हो।
नाथको निधनले अहिले सिङ्गो बाजुरा शोकमग्न बनेको छ । उनका आफन्तजन,ईष्टमित्रले दुख व्यक्त गर्दै गहिरो समवेदना प्रकट गरेका छन्। बाजुराले एक साहसी युवा गुमाएको छ । नाथको हिन्दु परम्परा अनुसार बाजुरामा अन्तिम दाहासंस्कार गरिने भएको छ ।
बडीमालिका प्रवासी नेपाली एकता मंच भारतका संयोजक समेत रहेका नाथको मृत्युको खबरले सिंगो भारतमा रहेका नेपाली,बाजुरा जिल्लाबासी र उनका घरपरिवार,आन्तजनले अल्पायुमै एक युवा गुमाउनु परेको छ ।
नाथले सामाजिक सञ्जाल फेसबुकमा दुई दिन पछि गाउँमै भेटौला शुभरात्री भन्दै स्टाटस लेखेका थए । तर उनि बिहान नहुदै संसार छोडेर गए । नाथले भारतमा बसेर बाजुराका दुखि पिडितलाई आफु बाट धेरैलाई सक्दो सहयोग गर्दै आएका थिए ।
कोही दुखमा पर्दा साथ सहयोग गर्ने युवा आज बाजुराले गुमाएको छ।उनीले संसार छोडर गएपछि उनका परिवारको आशा,भरोसा समेत गुमेको छ।नाथ पुर्व सञ्चारकर्मी समेत हुन्। उनले रेडियो बाजुरामा कार्यरत हुँदा कार्यक्रम सञ्चालन त्यस्तै बजार व्यवस्थापकको काम गरेका थिए ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर