
बाजुराः बडीमालिका नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा एकीकृत दिवा खाजामा प्रयोग गरिने खाद्यान्न भण्डार नगरि बिद्यार्थीलाई नै वितरण गरिएको छ।

नेपालीहरुको महान चाड बिजयादशमी तथा शुभदिपावली नजिकिए संगै विद्यालय बन्द हुने भएकोले बाँकी रहेको मौजात खाद्यान्न विद्यालमा अध्ययनरत विद्यार्थीलाई नै वितरण गरिएको हो ।
नगरपालिका भित्र रहेका २४ वटा सामुदायिक विद्यालयमा बाकी रहेको खाद्यान्न चामल,दाल,नुन,तेल सोही विद्यालयमा अध्ययनरत ईसिडी देखि कक्षा ८ सम्मका विद्यार्थीलाई वितरण गरिएको बडीमालिका नगरपालिकाकी खाद्य गोदाम प्रमुुख बिमला कुमारी रावलले बताएकी छन्।
उनका अनुसार,एक महिनासम्म विद्यालय बन्द हुने हुँदा भण्डार नगरि विद्यार्थीलाई नै वितरण गर्ने भनिए पश्चात वितरण गरिएको बताएकी छन्। भण्डार गरि राखेको खण्डमा विद्यालय सञ्चालन हुँदा सम्म खाद्यान्नको समयसिमा समाप्त हुने हुँदा वितरण गरिएको रावलले बताएकी छन्।
नेपाल सरकारले सुरु गरेको विद्यालय दिवा खाजा कार्यक्रम केही समय अघि स्थगित भएको थियो । विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रम अमेरिकी सरकारले स्थगित गरे पछि नेपाल सरकारले पुनस् सञ्चालन गरेको थियो।
दिवा खाजा कार्यक्रममले यहाँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ठुलो सहयोग पुगिरहेको छ । विद्यालयमा उपस्थित नहुने बालबालिकालाई नियमित सहभागी गराउँन दिवा खाजाले ठुलो सहयोग गरिरहेको बालमन्दिर आधारभूत विद्यालयका निमित्त प्रधानाध्यापक मन बहादुर सार्कीले बताए ।
साथै उनले विद्यालयमा मौजात रहेको खाद्यान्न दशै तिहारलाई लक्षित गर्दै विद्यार्थीलाई वितरण गरिएको बताए । विद्यालयमा अध्ययनरत करिब २२० जना विद्यार्थीहरुलाई बाकी रहेको दुई क्विण्टल चामल,लगायत दाल,नुन,तेल वितरण गरिएको बताएका छन्।
प्रति विद्यार्थी १ केजी चामल,२५० ग्राम दाल,२०० एम।एल तेल,र ५० ग्राम नुन वितरण गरिएको बताईएको छ । २० दिनको मौजात खाद्यान्न दशै तिहार लागे पछि वितरण गरिएको हो । त्यस्तै मालिका नमुना माविमा पनि बाकी रहेको खाद्यान्न वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत करिब ८०० जना बिद्यार्थीलाई साढे तीन किलो चामल,आधा केजी दाल,२०० एम।एल तेल र नुन वितरण गरिएको गरिएको विद्यालयले जनाएको छ।




खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर