
काठमाडौंः नेपाल ‘ए’ले आसाममाथि दोस्रो जित निकालेको छ। भारतको गुहाटीमा जारी आसामसँगको पाँच खेल सम्मिलित टी–२० सिरिजको तेस्रो खेलमा नेपाल ‘ए’ले ९ रनले जितेको हो।
टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो। नेपाल ‘ए’का लागि सन्दीप जोराले सर्वाधिक ७४ रन बनाए। यस्तै आदिल आलमले ३५, तृत दासले ३३ र अनिल साहले ३१ रन बनाए।आसामका आकाश सेनगुप्ताले २ विकेट लिए भने मृन्मय दत्ता, अभिनव चौधरी र शिवशंकर रोयले १–१ विकेट लिए।नेपाल ‘ए’ले दिएको १९७ रनको लक्ष्य पन्छाएको आसाम २० ओभरमा १८७ रन बनाएर अलआउट भयो।
आसामका लागि निहार डेकाले सर्वाधिक ४० रन बनाए। यस्तै सुमित घडिअन्करले ३६, अब्दुल कुरेशीले अविजित ३१ र साहिल जेनले २४ रन बनाए।नेपालका आकाश चन्द, बसिर अहमद, कमलसिंह ऐरी र विवेक कुमार यादवले २–२ विकेट लिए भने मोहमद आदिल आलमले १ विकेट लिए।यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल ‘ए’ आसामसँग डीएल पद्धतिमा १५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर