
गोविन्द्र राज तिमिल्सेना,बाजुराः बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ७ जिल्ली तलगाउँ यतिवेला पहिरोको दलदलमा फसेको छ । अविरल बर्षातका कारण बस्ती नजिकैबाट पहिरो जादा यहाँका स्थानीयबासी प्रभावित बनेका छन्।

अहिले यहाँका करिब ४८ बढि घरपरिवार विस्थापित हुने अबस्थामा छन् भने करिब १५ घरपरिवार विस्थापित भएका छन् ।घर नजिकैबाट पहिरो खस्दा कर्कलेपडामा रहेका घरबस्ती जोखिममा परेको बडीमालिका नगरपालिका ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताए।
वर्षासँंगै आएको पहिराका कारण घर उच्च जोखिममा छन् भने अन्य दर्जनौ घरहरु विस्थापित हुने खतरामा रहेको उनले बताए। पहिरोले ग्रामीण सडक र खेतबारीमा पनी क्षति पुगेको अध्यक्ष पाध्यायले बताए । भारी वर्षा हुने क्रम जारी छ, नगरपालिका भित्रका कयौं गाउँबस्ती पहिरोको उच्च जोखिममा रहेका छन्।जोखिममा रहेका घरपरिवारलाई सतर्क रहन आग्रह गरिएको अध्यक्ष पाध्यायको भनाइ छ।
बस्ती नजिकैबाट पहिरो खस्दा दर्जनौं घरहरु पहिरोको जोखिममा रहेको स्थानीय प्रकाश विश्वकर्माले बताए । अहिले बस्ती तलबाट पहिरो बगिरहेको छ,घरभित्र बसौ बगाउने डर,नबसौ अन्य ठाउँ छैन् विकले बताए ।बस्नै नमिल्ने विस्थापित घरपरिवारको लागी तत्काल सुरक्षित स्थानमा स्थानान्तरणका साथै राहतको व्यवस्था गरिनुपर्ने विश्वकर्माले बताए ।
जिल्ली तलगाउँ जहाँ दलित समुदायका स्थानीय नागरिकहरु बसोबास गर्दै आएका छन् । यहाँका करिब ४८ बढि घरपरिवार पहिरोबाट बिस्थापित हुने अवस्थामा छन्।रातभरको भारी बर्षाले पहिरो जादा वितण्डा मच्चाएको स्थानीय नन्दे लुहारले बताए ।घरहरु पहिरोको दलदलमा फस्दा अहिले यहाँका स्थानीयको उठिबास भएको उनले बताए । घरका बालबच्चा बचाउनको लागी भए पनि रातको समयमा जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनले दुखेसो व्यक्त गरेका छन्।
तलगाउँ पहिरोको उच्च जोखिममा रहेको हुँदा जोखिममा रहेका परिवारहरूको जीवनरक्षा र सुरक्षित आवासका लागि तत्काल पहल गर्नुपर्ने देखिन्छ ।तत्काल राहत तथा सुरक्षित स्थानमा स्थानान्तरणको लागी सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ। यदी समयमै उक्त बस्तीमा ध्यान नगएको खण्डमा ठूलो भौतिक तथा मानविय क्षती व्यहोर्नु पर्ने देखिन्छ ।
स्थानीय बालबालिका, वृद्ध, महिला सबैको ज्यान जोखिममा परेको हुँदा सम्बन्धित निकायलाई जोखिमग्रस्त घरहरूको तत्काल व्यवस्थापन र सुरक्षित स्थानान्तरणका लागि अपिल समेत गरिएको वडाअध्यक्ष पाध्यायले बताए।जिल्ली दानचौर रजातोली त्यस्तै भासुपातलमा गएको पहिरोले यतिवेला मार्तडी कोल्टी सडकखण्ड ३ महिना देखि अस्तव्यस्त छ । जिल्लीमा गएको पहिरोले लक्ष्मी माध्यामिक विद्यालय उच्च जोखिममा परेको छ । पहिरो गएको पाँच बर्ष बितिसक्दा पनि रोकिएको छैन्।पहिरोले वडाबासी संगै माथिल्लो क्षेत्र त्यस्तै छिमेकी जिल्लाका नागरिकलाई सदरमुकाम मार्तडीसम्म पुग्न निकै सास्ती खेप्नु पर्ने अवस्था छ।
“पहिराले मानवीय क्षति नभए पनि स्थानीयका खेतियोग्य जमिन,घरहरु जोखिममा छन्।पहिराको जोखिम भने कायमै ”। पहिरोले सडक, विद्यालय, घर तथा खेतमा बढी क्षति पु¥याएको छ । ग्रामीणस्तरमा निर्माण गरिएका सडक छेउमा रहेका घर पहिराको उच्च जोखिममा छन् ।पहिरोका कारण मार्तडी(कोल्टी जोड्ने सडकखण्ड बर्षेनी अबरुद्ध हुने हुँदा यातायातका साधन चल्न समस्या हुने गरेको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर