
गोविन्द्र राज तिमिल्सेना,बाजुराः बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले नगरको समग्र विकास समृद्धिमा आफुहरु कटिबद्ध भएर लागेको बताएका छन् । सोमबार नगरपालिकाको सभाहलामा आयोजित पालिकाको आर्थिक बर्ष २०८१-८२ को सार्वजनिक सुनुवाई तथा सामाजिक लेखा परिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

‘हामीले नगरबाट हुने विभिन्न काम कतव्र्यहरुलाई चलायमान बनाएका छौ,’ नगर प्रमुख खड्काले भने, ‘नगरबासीहरुको जनअपेक्षा अनुसार नै कटिबद्ध भएर काम गरिरहेका छौ।’खड्काले ‘समृद नगर सुखी नगरबासी’ नगरको नारा जस्तै नगरलाई समृद र सुखी बनाउँन विभिन्न अनुकरणिय कार्यको थालनी गरिएको विश्वास व्यक्त गरे ।
उनले नगर सरकार सार्थक तरिकाले अगाडी बढिरहेको बताउँदै आफ्नो कार्यकालमा नगरबासीले गौरव गर्न लायक प्रेरणादायी कार्य गरेर जाने प्रतिबद्धता समेत व्यक्त गरे ।नगरको सामाजिक,आर्थिक,भौतिक तथा ऐतिहासिक क्षेत्रको विकासको लागी आफु लगायत सिंगो पालिका कहिल्यै पछि नहटेको बताउँदै नगर प्रमुख खड्काले नगरका हरेक गतिविधिहरुलाई थप सुदृढ तरिकाले अगाडी बढाउँदै लगिएको बताएका हुन् ।
उनले भने, “ बडीमालिकालाई नमुना नगरपालिकाको रुपमा परिचित गर्नको लागी अहिलेको नगर सरकार कटिबद्ध भएर लागी परेको छ । पहिलो नगर सरकारले अपुरा राखेका काम कर्तब्यहरु पुरा गर्दै नयाँ कार्यहरुको थालनी गर्दै गईरहेको छौ ।”नगर परिवर्तनको सपना सहित नगर प्रमुखको जिम्मेवारी सम्हालिरहँदा कसैमाथी पुर्वाग्राही सोच नराखेर काम गरिरहेको नगर प्रमुख खड्काले बताए ।
बडीमालिकालाई जिल्लाका अन्य ८ वटै पालिकाको भन्दा फरक तरीकाको पालिका बनाउँन जनताको जनअपेक्षा अनुसारका कार्यहरु गरिदै आएको मेयर खड्काले बताए।पालिकाको शिक्षा,स्वास्थ्य,यातायात,संञ्चार,बिद्युत,खानेपानी,सडक लगायत अन्य पुर्वाधार विकासका कार्यहरु पनि नियमन ढंगले सञ्चालित गरी नगरबासीहरुको माझ सेवा सुबिधा पुर्याउन दिनरान नभनी सफल नेतृत्वको भुमिका खेलिएको उनले बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा विभिन्न व्यक्तिहरुले सोधेका प्रश्नहरुको जवाफ दिदै नगर प्रम्रख खड्काले नगरपालिका भित्रका नगरवासिका समस्याहरुलाई ध्यानमा राखेर, नगरवासिको जिवनस्तरलाई माथि उकास्नका लागी शिक्षा स्वास्थ्य, खानेपानि, सञ्चार, बिद्युत, यातायात,सिचार्ई लगायतका आधारभुत आवश्यकताको पहुँचमा नगरवासिलाई पुर्याईएको बताए । त्यस्तै उत्पादनमा जोड, कृर्षिमा आत्मनिर्भरता, रोजगारीका अवसर सिजर्ना, पर्यटन पर्वद्धन, प्रबिधिमैत्रि बडिमालिका,खेल क्षेत्रको बिकास,सामाजिक कुरिती कु संस्कारको अन्त्य गर्न नगरपालिका लागी परेको समेत बताएका हुन् ।जनताका प्रमुख आवश्यकतालाई ध्यानमा राखेर आफुहरु अगाडी बढीरहेको उनले बताएका हुन् ।
साथै नगर प्रमुख खड्काले कसैको पछी लागेर कसैको बिषयमा कुरा गर्न नहुने बताए । राम्रोलाई राम्रो नराम्रोलाई खवरदारी गर्न सक्नुपर्ने बताउँदै खड्काले नगरको विकास समृद्धिमा लागीरहँदा कुरा काट्नेहरुको जमात खडा हुनु निकै निन्दनिय कार्य रहेको समेत बताए । उनले भने, “हामीहरु समग्र नगरलाई नमुना बनाउँन लागीरहेका छौ । कतिपयले राम्रा कार्य गरिरहँदा पनि सधै आलोचना मात्रै गर्ने गरेका छन्। नकारात्मक सोच मात्रै हावी हुने हुँदा कहिलेकाँही सकारात्मक सोच ग्रहण गर्न पनि जरुरी देखिन्छ ।”
नगरपालिकाद्वारा प्रवाह गरिने सेवा सुविधाहरुलाई थप सुदृढ तथा प्रभावकारी बनाउँन सबैको सुझाव सल्लाहको आवश्यक हुने हुँदा त्यहि अनुसार अघि बढेर सुधार गर्ने,अपेक्षित उद्देश्य प्राप्तिको लागी सबै जनप्रतिनिधी र कर्मचारीलाई थप जिम्मेवार बनाइने र नगरको विकास समृद्धिमा सबैले हातेमालो गरेर अघि बढ्न सुझाव दिइने नगर प्रमुख खड्काले बताएका हुन् ।
त्यस्तै सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगर उपप्रमुख नन्दा थापाले नगरमा हुने विभिन्न विकासात्मक,समाजिक कार्यहरुको पालिकाल द्धारा नियमित अनुगमनका कार्यहरु भईरहेको बताएकी हुन् ।नगरको आवश्यक पुर्वाधारमा जोड दिइएको बताउँदै थापाले राष्ट्रिय औधोगिक नितीलाई अबलम्बन गर्दै बिभिन्न कार्यक्रमहरु संचालन गरि स्थानिय कच्चा पर्दाधमा आधारीत साना तथा घरेलु उध्योग संचालन तथा बिस्तारमा जोड दिइएको बताईन् । साथै सुचना तथा संचारमा प्रबिधीमैत्री प्रशासन, बिकास समृद्धि र सुशासन नारालाई साकार पार्न बिभिन्न कार्यक्रमहरु संचालन गरिएको बताएकी हुन् ।
पूर्वाधार विकास, पर्यटन, कृषि र शिक्षा पहिलो प्राथमिकतामा राखेर काम सञ्चालन भईरहेको,कृषि तर्फ पनि रैथानी बाली र कोदो बालीको प्रर्वद्धनलाई बिशेष खालले संवोधन गरिएको बताएकी छन् । साथै उपप्रमुख छात्रवृति कार्यक्रममलाई पनि निरन्तरता दिईदै आएको बताउँदै उपप्रमुख थापाले नगर भित्र अध्ययन गर्ने प्लस टु र क्याम्पसमा अध्ययनरत छात्राहरुलाई उपप्रमुख छात्रवृति प्रदान गरिदै आएको बताईन् ।
बडीमालिकाको विकास समृद्धिमा निर्वाचन अगाडी नै योजना बनाएको हुँदा अहिले निर्वाचन अगाडी गरेका योजना पुरा गर्नको लागी कुनै कदम पछी नहटेको उनले जिकिर गरिन् । बडीमालिकाको विकास समृद्धिको लागी आफु पदमा रहँदासम्म कुनै गलत कार्य नगरी जनताको जनअपेक्षा अनुसार नै काम गरिरहेको र गरिनै रहने उनले बताइन् । साथै आफु पत्रकारीता बाटै राजनितिमा आएको हुनाले आफुले पत्रकारीताबाटै समाज परिर्वतनको लागी ठुलो अनुभव बटुलिसकेको हुँदा मिाज परिर्वतन र सिंगो बडीमालिकोे हक हितको निम्ति निरन्तर लागी रहने नगर उपप्रमुख थापाले बताएकी हुन् ।
अहिले सिंगो बडीमालिका नगरपालिका पुर्व पत्रकारहरुको हातमा छ भन्दा पनि फरक पर्दैन् । पत्रकारीताबाट आफ्नो नाम कमाएका नगर प्रमुख उपप्रमुख अहिले बडीमालिकाको विकास समृद्धिमा छन्। पत्रकारीताबाटै उदयमान् भएका नगर प्रमुख उपप्रमुखबाट नागरीकले ठुलो आशा अपेक्षा राखेका छन् । जनताको जनअपेक्षा अनुसार नै काम कर्तब्य पुरा गरिरहेको बिश्वास नगर प्रमुख उपप्रमुख द्धय खड्का र थापामा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर