
खप्तड मालिका न्युज,बाजुरा: स्वामिकार्तिक खापर गाउँपालिकाले “सञ्चार माध्यम संग खुला सरकार अभ्यास कार्यक्रम ” सञ्चालन गर्ने भएको छ ।जनसरोकार तथा गाउँपालिकाबासी नागरिकका गुनासा सम्बोधन गर्न स्थानीय रेडियो तथा टेलिभिजन संगको सहकार्यमा खुल्ला सरकार को नीति अबलम्बन गर्ने भएको हाे।

गाउँपालिकाले आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाबासी सम्पुर्ण नागरिकका जनगुनासा सुन्न तथा सम्बाेधन गर्नकाे लागी यस्ताे नीति अपनाएकाे हाे ।जसले गर्दा नागरिकका गुनासा सुन्न र ती गुनासाहरुकाे सम्बाेधन सञ्चार माध्यमबाटै गर्न सहज हुने अपेक्षा लगिएकाे छ ।
साथै गाउँपालिकाले गाउँपालिका भित्र दक्ष र सक्षम पत्रकार तथा उद्घाेषण कार्यक्रम प्रस्तोता को क्षमता विकास,आत्मरक्षा तालिम तथा नयाँ जनशक्ति उत्पादन गर्न तालिम सञ्चालन समेत गर्ने भएको हाे। दक्ष पत्रकारकाे क्षमता विकास तथा नयाँ जनशक्ति उत्पादन गर्न गाउँपालिकाले याे निती अबलम्बन गरेकाे हाे ।
त्यस्तै गाउँपालिकाका हरेक गतिविधि आम जनसमुदाय ल्याउँन नेपाल पत्रकार महासंघ र स्थानीय संचार माध्यम सङ्ग सहकार्य गर्ने नीति पालिकाले लिएकाे छ । निजामती सेवामा प्रवेश गर्नेलाई प्रोत्साहन तथा सम्मान गरिने भएको छ ।
खरिदार,नायव सुब्बा र शाखा अधिकृतमा सिफारिस हुनेलाई क्रमश: सम्मान सहित जनही पचास हजार,१ लाख पचास हजार र २ लाख नगद दिईने भएको हाे।त्यस्तै आपाङ्ग भएका व्यक्ति लाई मासिक ५०० भत्ता उपलब्ध गराईने भएको छ।
सुत्केरी आमा सङ्ग उपाध्यक्ष कोशेली कार्यक्रम लाई निरन्तरता,
मृतक सङ्ग अध्यक्ष कार्यक्रम लाई निरन्तरता, पालिका भित्रका युवाहरुलाई आत्म रक्षक तालिम लगायतका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष भरत बहादुर राेकायाले बताउनुभयो ।
उहाँले भन्नुभयाे,“गाउँपालिकाबासीकाे जन-अपेक्षा अनुसार नै हामीले आगामी आर्थिक बर्षकाे लागी नीति कार्यक्रम र बजेट ल्याएका छाै। विभिन्न क्षेत्रगत रुपमा विनियाेजन गरिएको बजेट जनताकाे आवश्यकताका आधारमा प्रयाेग गरिने छ ।” आवश्यकता पहिचान गरि साेही आवश्यकताका आधारमा काम गरिने उहाँले बताउनुभयो ।
साथै आगामी आर्थिक बर्ष २०८२/८३ काे लागी नयाँ निति तथा कार्यक्रम तत्काल लागू गरिने समेत उहाँले बताउनुभयो ।पुरा गर्न बाकी रहेका कार्य पूरा गर्दै लैजाने र नयाँ नीतिहरुलाई तत्काल अबलम्बन गरेर अगाडी बढाईने उहाँको भनाइ छ ।
गाउँपालिकाले ल्याएको आर्थिक वर्षको नीति तथा कार्यक्रम साँच्चिकै ऐतिहासिक र अनुकरणीय लायक रहेकाे स्थानीय भनाइ छ ।निजामती सेवामा प्रोत्साहन स्वरुप नगद सम्मान, आपाङ्ग भत्ता, सुत्केरी र मृतक सहयोग कार्यक्रमको निरन्तरता, सञ्चार सहकार्य मार्फत खुला सरकारको अभ्यास, पत्रकार तथा उद्घोषक क्षमताविकास, आत्मरक्षा तालिम जस्ता कामहरूले सबै वर्ग र क्षेत्रलाई समेट्ने प्रयास देखिएकाे पाईन्छ।
गाउँपालिकाले समग्र रुपमा गाउँपालिकाकाे विकास समृद्धिकाे लागी विशेष नीति अनुसार नीति कार्यक्रम तथा बजेट ल्याएकाे हाे। कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलाे प्रथामिकतामा राख्दै गाउँपालिकाले आर्थिक बर्ष २०८२/०८३ काे निती कार्यक्रम तथा बजेट पारित गरेकाे हाे ।पालिकाले दूरदर्शी र जनमुखी नीति तथा कार्यक्रम ल्याएर उदाहरणीय काम गरेको छ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर