• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 27, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

कागुनो,झुमरो,चिनो लगायत रैथाने बालीनालीको संरक्षण गर्दै स्वामिकार्तिक

स्वामिकार्तिकका स्थानीयले उत्पादन गरेको रैथाने बालीनाली झुमरो,कागुनो खेती। तस्विर सौजन्यः भरत बहादुर रोकाया
खप्तड मालिका न्युज June 21, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोविन्द्र राज तिमिल्सेना,असार ७,बाजुराः कर्णाली पारीको स्थानीय तह,भौगोलिक हिसाबले विकट तर उत्पादनका हिसाबले प्रचुर सम्भावना बोकेको स्वामिकार्तिक खापर गाउँपालिकाले स्थानीय रैथानेबाली,कागुनो,झुमरो,चिनो लगायत बालीनालीको संरक्षण गर्दै गएको छ ।

स्थानीय रैथानेबालीनालीलाई बढवा दिनको लागी पालिकाले अभियान नै थालनी गरेको हो । पछिल्लो समय कागुनो,चिनो,झुमरो खेती लोप हुँदै गईरहेको अवस्था स्वामिकार्तिकले यो अभियानको थालनी गरेको हो । मानव स्वास्थको लागी निकै उपयोगी कागुनो,झुमरो,चिनो बालीहरुको संरक्षणमा जोड दिन पालिकाले अभियान अगाडी सारेको गाउँपालिका अध्यक्ष भरत वहादुर रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ स्वामिकार्तिकका स्थानीयको आय-आर्जनमा थप टेवा पुर्याउन यो अभियान सुरु गरेका छौ। लोप हुदै गईरहेको कागुनो,झुमरो,चिनो जस्ता रैथानेबालीनालीको संरक्षण तथा प्रबर्द्धन गर्न गाउँपालिका संरक्षणमा लागेको हो।”

स्वामिकार्तिक खापर गाँउपालिका १ काम्तिमा RERAS परियोजना र गाँउपालिकाको संयुक्त लगानीमा ३ महिने कागुनो खेती उत्पादन गरिएको समेत उहाँले बताउनुभयो।गाउँपालिकाले पछिल्लो समय हरेक कृषकहरुलाई रैथानेबालीहरुका बिउविजन वितरण गर्ने गरेको समेत रोकायाले बताए ।

स्वामिकार्तिकमा चिनो,कागुनो,झुमरो लगायत अन्य रैथानेबालीहरुको प्रबर्द्धनमा जोड दिन पालिकाको कृषि शाखाले सम्पुर्ण कृषकलाई विउविजन वितरण गर्दै आएको हो।गाउँपालिकाको हरेक ठाउँको माटोमा रैथाने बाली राम्रो उत्पादन हुने भएकोले पछिल्लो समय कृषकहरु पनि त्यसतर्फ तानिएका हुन्।

गाउँपालिकाका सम्पुर्ण कृषकहरुलाई रैथानेबालीको खेती गर्न अनिवार्य भनेका छौ।जसले गर्दा स्थानीयको आम्दानी र रैथानेबालीहरुको संरक्षण तथा प्रबर्द्धनमा टेवा पुग्ने गाउँपालिकाको कृषि शाखा सहायक प्रमुख रत्न रावलले बताउनुभयो ।गाउँपालिकाले यहाँका कृषकलाई यस्ता बालीनालीहरुको संरक्षण गर्न हौसला दिदै आएको रावलले बताउँनुभयो।

प्रविधिको विकास,र युग परिवर्तन सङ्गै पछिल्लो समय रैथानेबालीनालीहरु हराउँदै गएको प्रती दुस्ख व्यक्त गर्छन् स्वामिकार्तिक खापर गाउँपालिकाका स्थानीय नरबहादुर लुहार।उहाँ भन्छन्,“ अहिले गाउँघरमा रैथाने बालीहरुको खेती हराउँदै गयो।पहिलेको तुलनामा अहिले यो खेती निकै लोपन्मुख भएको छ । अहिले गाउँघरमै चार पाङ्ग्रे गाडी पुगेपछि दलेको फलेको दाल,चामल बाहिरबाट आउँन थालेपछि रैथानेबाली लोप हुँदै गएको हो ।”

लोप हुँदै गएको बालीनालीको संरक्षण तथा प्रबर्द्धनमा गाउँपालिको अघि सरेको प्रती आफूलाई खुसी लागेको लुहारले बताउनुभयो ।यी बालीहरु स्वास्थका लाई निकै उपयोगी रहेछन् ।देश विदेशमा पनि यस्ता बालीनालीहरुको माग बढेपछि पालिकाले राम्रो अभियानको थालनी गरेकोमा उहाँले गाउँपालिकालाई धन्यवाद समेत दिनुभयो।

पहिले खासै खेती नगर्ने यहाँका स्थानीयले अहिले पालिकाले यसको महत्त्व तथा बिक्रीका बजारीकरणको व्यवस्था सँगै ढुवानी अनुदान समेत दिन थालेपछि स्थानीयको यसमा चासो बढ्दै गएको हो।स्थानीयले यतिवेला बाझो जग्गामा कागुनो,झुमरो,चिनो खेती गर्ने गरेका छन्। स्वामिकार्तिकमा कागुनो झुमरो चिनो लगायतको रैथाने बाली १.२ मेट्रिक टन बढि उत्पादन हुने गरेको कृषि शाखाको तथ्यांकमा उल्लेख छ ।

तस्विर सौजन्यः गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑