
राजेन्द्र वि.क.बाजुराः परम्परागत रुपमा समाजमा रहेको छुवाछूत कुप्रथा र समग्र विभेद बिरुद्ध आवाज उठाउने संकल्प सहित बाजुरामा दलित जागरण अभियान तथा आमभेला कार्यक्रम संचालन गरिएको छ।आफ्ना लागि आफै दलितका लागि दलित भन्ने मुल नाराका साथ शनिबार स्वामिकार्तिक खापर गाउँपालिका सुइजिउला वाइमा उक्त अभियान सुरु भएको छ ।

स्वामिकार्तिक दलित नेटवर्क तथा मुक्त हलिया संजालको आर्थिक र प्राबिधिक सहयोगमा आफ्ना लागि आफै दलितका लागि दलित अभियान बाजुराको आयोजनामा उक्त कार्यक्रम संचालन गरिएको अभियानका अध्यक्ष दिपक कडाराले बताएका छन् ।
वर्षौं देखि समाजमा विद्यमान जातीय छुवाछूत र विभेद जस्तो जघन्य अपराध विरुद्ध दलित समुदायलाइ एक ठाउँमा ल्याउने उद्देश्यले जागरण अभियानको संचालन गरिएको हो ।
अभियानलाई जिल्लाभर संचालन गरी निरन्तरता दिइने अध्यक्ष कडाराको भनाइ रहेको छ ।कार्यक्रममा जिल्लामा क्रियाशिल सबै राजनीतिक दलका प्रतिनिधि,पुर्वोत्तरी क्षेत्र स्थित दलित समुदायका अगुवा संगै स्थानिय दलित समुदाय बिच प्रणालिगत विभेद ,न्यायमा पहुँचको अभाव र प्रतिनिधित्वको कमि जस्ता बिषयमा व्यापक छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्ने सबै वक्ताहरुले दलित माथी उपल्लो भनिने बर्गले गर्ने विभेद र राज्यको मौनता बारे दलित समुदाय एकजुट भइ देशैभर जागरण अभियानको आवश्यकता औंल्याएका छन् ।विभेदका विरुद्ध राजनीतिक दल भन्दा माथी उठेर वर्गीय लडाइ लड्न आवश्यक भएको धारणा व्यक्त गरेका छन् ।
अभियानका अध्यक्ष दिपक कडाराको अध्यक्षतामा संचालन भएको कार्यक्रममा विभिन्न राजनीतिक दलमा आवद्ध दलित नेता र अगुवा अतिथिका रुपमा रहेका थिए । अभियानको सुरुवात स्वामिकार्तिक बाट गरिए पनि जिल्लाभर संचालन गरिने आयोजकले जनाएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर