• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 16, Jun, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

“भाईरल पुलले” स्थानीयलाई आउजाउमा सहजता, घण्टौ हिड्नु पर्ने बाध्यता टर्दै

खप्तड मालिका न्युज May 3, 2025 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

खप्तड मालिका न्युज,बाजुरा-  जिल्लाको गौमुल गाउँपालिका वडा नम्वर ३ को अजयखोलामा बनेको बाजुराकै लामो र अग्लो झोलुङ्गे पुलले यहाँका स्थानीयलाई ठुलो राहत मिल्नुका साथै दैनिक आउजाउमा सहज हुँदै आएको छ ।झोलुङ्गे पुल बने पछी घण्टौ हिड्नु पर्ने बाध्यताको अन्त्य हुँदै आएको हो ।

गाउँपालिकाको समन्वय तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आर्थिक सहयोगमा स्थानीय पुर्वाधार विकास कार्यक्रमबाट अजयखोलामा पुल बनेपछी अहिले यहाँका स्थानीय र बिद्यार्थीलाई बिद्यालय जान निकै सहज हुँदै आएको छ । यो पुललाई “भाईरल पुल”उपनामले पनि चिन्न सकिन्छ । यहाँका स्थानीयले यसलाई अहिले “भाईरल पुल”भनेर भन्ने चिन्ने गरेका छन्।

करिब २ सय ६० मिटर लामो झोलुङ्गे पुलले अहिले यहाँका बालबालिकाहरुलाई विद्यालयसम्म जान निकै सहज बनाएको छ । पुल नबन्नु पुर्व घण्टौ पैदल हिडेर यात्रा गर्नु पर्ने ठाउँमा पुल निर्माण भएपछी पाँच मिनेटमै बिद्यार्थीलाई विद्यालय पुग्न उक्त पुलले सहज बनाएको हो।

अहिले पुल निर्माण भएपछि गर्जे,पाते,धल्काँडा,माझपाली लगायत ठाउँका स्थानीयलाई आवतजावतमा सहज हुनुका साथै राष्ट्रबाट प्राप्त हुने सेवा सुबिधा लिन वडा कार्यालय र जिल्ला सदरमुकाम मार्तडी सम्म पुग्न सहज भईरहेको स्थानीय गणेश बहादुर धामीले बताए ।उनले भने,“पुल निर्माण भएपछी घण्टौ हिडेर जानू पर्ने बाध्यताको अन्त्य भएको छ”।पुल निर्माण पछी यहाँका विद्यार्थीहरुलाई विद्यालय जान पनि निकै सहज भईरहेको धामीले बताए ।

माझपाली र धल्काँडा लगायत गाउँलाई जोड्ने गरी पुल बनेपछि यहाँका स्थानीयलाई ठुलो राहत मिल्दै आएको हो । पुल नबन्दा बर्षातको समयमा स्थानीय र विद्यार्थीहरुलाई ठुलो असर पर्दै आएको थियो । पुल बनेपछि उक्त समस्या टरेको स्थानीयको भनाइ छ । वडा नम्वर ३ मा चार वटा गाउँ बस्ती छन्। ती बस्तीका झण्डै १ हजार ८ सय बढी जनसङ्ख्याले पुलको सेवा पाईरहेका छन्।

पालिकाको समन्वय,सहकार्यमा अजयखोलामा झोलुङ्गे पुल बनेपछी अहिले वडा नम्वर ३ का मात्र नभई अन्य वडाका व्यक्तिहरुलाई पनि आउजाउमा सहज हुँदै आएको गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले बताएकी छन्। उनले भनिन्,“पुल निर्माण भएपछी यहाँका स्थानीयले सहज रुपमा आवतजावत गर्न पाएका छन् ”।वर्षातको समयमा हुने अप्ठ्यारोलाई पुलले सहज बनाएको र विद्यार्थीहरुलाई पनि विद्यालय पुग्न निकै सहज हुने गरेको थापाले बताईन्।

पुलको २०७९ मङ्सिरमा निर्माण सुरु भएर २०८१ वैशाखमा निर्माणको काम सम्पन्न गरिएको थियो । उक्त पुलको निवर्तमान प्रतिनिधि सभा सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लाल बहादुर थापाले रिवन काटेर औपचारीक रुपमा उद्धघाटन गर्नुभएको थियो ।

पुल बनेर सञ्चालनमा आएता पनि स्थानिय कामदारले पैसा नपाएको गुनासाे गरेका छन् । स्थानियले काम गरेकाे पैसा अझै उनिहरुले पाँउन सकेका छैनन्।रकम भुक्तानी नहुदा समस्या भईरहेकाे अंसमन चन्द्रोदय जे.वि निर्माण कम्पनी धनगढीका प्रतिनिधि तथा प्राबिधिक चेतन दाहालले बताए । कार्यलय बाट ५६ लाख ३० हजार भुक्तानि बाँकि रहेकाले कामदारको पैसा तिर्न नसेकेको उनले वताएका छन् ।

 

सम्बन्धित पोस्ट
  • “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली
  • भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने
  • मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते
  • छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    समाचार

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण

    दुर्गमका आमाहरुका पिडा कहालिलाग्दा: राज्य संयन्त्र किन माैन?

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑