• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 27, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

रातापाखा चट्टान फोडियो,दुर्गम बस्ती सडक सञ्जालमा जोडियो

लामो समयको अथक प्रयास पछी कटान गर्न सकिएको रातापाखा चट्टान ।।
खप्तड मालिका न्युज March 28, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोविन्द्र राज तिमिल्सेना,चैत्र १५,बाजुराः  लामो समयको अथक प्रयास पछी रातापाखा चट्टान फोरे संगै पालिकाका दुर्गम गाउँ बस्ती सडक सञ्जालमा जोडिएका छन् । अथक प्रयास पछी स्वामीकार्तिक खापर गाउँपालिकाका दुर्गम गाउँबस्ती सडक सञ्जालमा जोडिएका हुन् ।गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया पालिकाको अध्यक्ष पदमा निर्वाचित भई सके पछाडी निमार्ण गर्न थालिएका त्यहाँका सडकहरु अहिले सञ्चालन भएका छन् ।

रातापाखा चट्टान फोरिए संगै यहाँका दुर्गम बस्ती,रुढी,मुक्तिकोट र वडा नम्बर २ का सबै गाउँठाउँमा सडकको पहुँच पुगेको हो । रातापाखा चट्टान काटिए संगै त्यहाँका नागरिक तथा छिमेकी जिल्ला कालिकोट पँलाता गाउँपालिकाका नागरिकहरुलाई पनि सडककको सहजता मिलेको हो । स्वामिकार्तिक खापर गाउँपालिका जुन कर्णाली पारिको भौगोलिक दृष्टिकोणले विकट पालिकाको रुपमा चिनिन्छ । पालिका विकट भए पनि यहाँका सबै वडाका बस्तीहरुलाई सडक सञ्जालको पहुँचमा पुर्याउन सडक निमार्णका कार्यलाई तदारुप्ताका साथ अगाडी बढाए संगै यहाँका दुर्गम गाउँबस्तीमा सडक सञ्जालको पहुँच पुगेको हो ।

सडक सञ्जालको पहुँचमा नपुगेका गाउँबस्तीलाई तत्काल सडक सञ्जालको पहुँचमा पुर्याउने उदेश्यका साथ पालिकाले सडक निमार्ण कार्यर्ला तिव्रता दिएसंगै यहाँका गाउँबस्ती सडक सञ्जालको पहुँचमा पुगेका हुन् । पालिकाका बस्तीहरु दुर्गम तथा विकट ठाउँमा भएकाले चट्टान फोरेर सडक निकाल्नु पर्ने हुँदा निकै नै अप्ठेरोका साथ लामो समयको अथक प्रयास पछी दुर्गम गाउँ बस्तीमा चट्टान फोरेर सडक निकालिएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ दुर्गम गाउँबस्तीलाई सडक सञ्जालको पुहँचमा पुर्याउने लक्ष्य लामो समयको अथक प्रयास पछी चट्टानहरु फोरेर पुरा भएको छ ” ।पालिका भौगोलिक विकटताले पछाडी परेको भए पनी पुर्वाधारका हिसावले अहिले निकै अगाडी बढेको छ ,प्रत्येक गाउँमा सडक सञ्जालको पुहँच पुर्याउने लक्ष्य साकार भएको उहाँले बताउनुभयो । साविकको साप्पाटा गाविसमा जोड्ने सडकमा भिरैभिर,चट्टानै चटानले समस्या भईरहेका बेला त्यो समस्यालाई पनी परास्त गरि ठुलो चुनौतीका साथ दुई बर्षपछीको अथक प्रयास पछी दुर्गम गाउँमा सडक पुर्याउन सफल भइएको रोकायाले बताउनुभयो ।

एक करोड बराबरको लगानीमा सडक निर्माण सम्पन गरिए संगै यातायातका साधन सहजै पुग्ने गरि कार्य सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ ।दुर्गम गाउँबस्तीका नागरिकहरुलाई सडक संजालको पहुँचमा पुर्याउने उदेश्यका साथ दुई बर्ष देखीको अथक प्रयास पछी रुडी,मुक्तिकोट,साप्पाटा लगायत छिमेकी जिल्ला कालिकोट पँलाताका नागरिकलाई सडकको पहुँचमा पुर्याउन सफल भएको गाउँपालिकाले जनाएको छ ।सडक नपुगेका बस्तीहरुमा सडक पुगे संगै यहाँका नागरिकलाई पैदल यात्रा गरेर हिड्नु पर्ने बाध्यता हटेको छ ।

दुर्गम बस्ती सडक सञ्जाल जोडिए संगै गाउँबस्तीमा बजारबाट सर सामान ढुवानी गर्न पनि निकै सहुलियत हुने स्थानीयको भनाई छ । पालिकामा पछिल्लो समय शिक्षा,स्वास्थ्य,बिद्युत,खानेपानी,सडक लगायतका क्षेत्रमा पहिलेको भन्दा अहिले निकै परिर्वतन भएको पालिका अध्यक्ष रोकायाको दावी छ । पहिलेको तुलनामा अहिले बिस्तारै विकासको लयमा पालिका फर्किदै गएको उनको भनाई छ । पालिकामा सडक,बिद्युत,शिक्षा,स्वास्थ्य लगायतका कुराहरु क्रमिक रुपमा सुधार हुँदै गएको हो । आफ्नो कार्यकालमा पालिकालाई नाफामुलक र उपलब्धिमुलक काम गरेर बाहिरिने रोकायाले बताए ।

साविकको साप्पाटा गाविस हाल १ र २ को वडालाई सडक सञ्जालको पहुँचमा पुर्याउने उदेश्यका साथ सडक निमार्ण कार्यलाई तिव्रता दिए संगै निमार्ण कार्य सम्पन्न गरेर गाउँबस्तीलाई सडक सञ्जालको पहुँचमा पुर्याएको हो । सडक सञ्जालको पहुँच पुगैसंगै रुडी,मुक्तिकोट,साप्पाटा लगायत छिमेकी जिल्ला कालिकोटका नागरिकलाई ठुलो राहत भएको छ । दुर्गम बस्तीका स्थानीय सडकको पखाईमा थिए भने उनीहरुको त्यो सपना साकार भएको छ । दुर्गम बस्तीमा सडक पुगेसंगै घण्टौ पैदल यात्रा गरेर गाउँपालिकाको केन्द्र सुईजिउलामा पुग्नु पर्ने बाध्यताको अन्य हुने भएको छ ।

सडक सञ्जालको पहुँच पुगे संगै पालिकाको काम मात्रै नभई अन्य गाउँमा चाहिने सामाग्रीहरु ढुवानी गर्न पनि निकै सहज हुने स्थानीयको भनाई छ । सडक पुगे संगै अब गाउँमा निमार्ण हुने विकासे काम लगायत अन्य कामको लागी आबश्यक पर्ने सामाग्री सजिलै तरिकाले ट्याक्टरको सहायताले पुर्याउन सकिने स्थानीयले बताए ।

पालिका अध्यक्ष भरत बहादुर रोकायाका अनुसार बिशेष गरि आफ्नो लडाई भनेको पालिकाको भोकमरी,शिक्षा,स्वास्थ्य,सडक,सञ्चार,बिद्युत रहेकोले यसको समस्या समाधानको लागी आफु रातदिन कटिबद्ध रहेको बताएका छन् । आफ्नो कार्यकालमा पालिकालाई पालिका बासीले सोचेजति उपलब्धिमुलक बनाएर जाने उनको भनाई छ ।नागरिकका जनअपेक्षा अनुसार नै आफुले काम गर्दै गईरहेको फेरी पनि नागरिकको जनअपेक्षा अनुसार नै काम गरिने उहाँको भनाई छ । नागरिकले चाहे जस्तै कार्य गर्न नसकिए पनि नागरिकका सबै आधारभुत आबश्यकता परिपुर्ति गरिदै आएको र फेरी पनि निरन्तरता दिदै जाने अध्यक्ष रोकायाको भनाई छ ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑