• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 26, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

मानवता नभएका पाखण्डी दानव नागरिक, जिउँदै गाईलाई ढुंगा हानेर नदीमा बगाईदै

खप्तड मालिका न्युज March 16, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

परम्पराको आवरणमा मान्छेहरु कतिसम्म पाखण्डी हुन्छन् ? बाजुरा जगनाथ गाउँपालिकाको एउटा घटनाले देखाउँछ ।

‘गौदान गरेको दृश्य’ भनेर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो हेर्दा तपाईंको मन विथोलिन सक्छ । दृश्य यसप्रकार छ– कर्णाली नदीको किनार । नदीको किनारमा दुई दर्जनजति मान्छेहरू भेला भएका छन् ।

उनीहरूले एउटा कालो रङको गाईलाई कुटीकुटी नदीमा लखेट्छन् । गाई नदीमा जान डराउँछ । जति कुटेपनि किनारतिरै फर्किन जोड गरिरहेको हुन्छ।

ती व्यक्तिहरूले गाईलाई ढुंगा, डोरी र लौरोले यति धेरै पिट्छन् कि त्यसको पीडा सहन नसकी गाई नदीमा पुग्छ ।

गाई फेरि किनारमा फर्कन्छ । यद्यपि उनीहरूले गाईलाई यत्तिकै छाड्दैनन् । फेरि अर्को ठाउँमा लगेर बलजफ्ती नदीतर्फ लखेट्छन् । गाई पानीमा जान डराउँछ । तब पछाडि बसेका व्यक्तिहरूले ढुंगाले हान्दै लखेट्छन् । गाई नदीको बेगसँगै बग्न थाल्छ।

नदीमा डुब्दै गरेको गाई पटक–पटक किनारतर्फ फर्कन खोज्छ । तर, युवाहरूले निरन्तर ढुंगा बर्साइरहन्छन् । त्यो अवोध र निरीह प्राणी ढुंगाको चोट सहँदै नदीमा तैरिन खोज्छ।

यो उच्छृंखल र अत्यासलाग्दो दृश्य कर्णाली नदीमा खिचिएको हो । स्थानीय पत्रकार डम्बरबहादुर बीसीले भिडियो खिचेर शनिबार राति सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

बीसीका अनुसार सो घटना बाजुरा जिल्ला जगनाथ गाउँपालिका वडा नम्बर ६ काप्रेको हो।

स्थानीय साउने सार्की नामक व्यक्ति मृत्यु भएपछि दाहसंस्कार लागि मलामी गएका व्यक्तिले यस्तो हर्कत गरेका थिए । परम्पराको नाममा बाजुरामा पहिलेदेखि नै यस्ता कृत्य हुँदै आएको बीसी बताउँछन्।

‘गाउँमा कसैको मृत्यु भएपछि नदीमा डुबाएर गौदान दिने गरिन्छ’ उनी भन्छन्, ‘यसरी गौदान गर्दा पापमुक्त हुने अन्धविश्वास छ ।’

यो प्रथा राम्रो होइन भनेर आवाज उठाएपनि गाउँलेहरूले टेरपुच्छर नलगाएको उनी बताउँछन् । ‘एउटा अवोध पशुलाई नदीमा डुबाउँदा पाप कटिदैन भनेर हामीले आवाज उठाइरहेका छौं’ उनी भन्छन्, ‘तर कसैले पनि यो कुरा सुन्ने र बुझ्ने

प्रयास गरेका छैनन् । त्यसैले वर्षौदेखि यो कुप्रथा जारी छ ।’

यसबारे हामीले जगनाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीसँग बुझ्दा उनले यस घटनाबारे जानकारी नभएको बताए । ‘यो घटनाबारे मलाई केही पनि थाहा छैन’ शाहीले भने, ‘यो परम्परा उहिलेदेखि चलेको हो । बीचमा रोकिएको थियो । अहिले फेरि सुरु भएछ, मलाई थाहै भएन ।’

बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भने यस किसिमको कृत्य रोक्ने प्रयास गरिरहेको जानकारी दिए । ‘यो कुप्रथा रोक्नका लागि हामी निरन्तर प्रयासमा छौं ‘ पाध्या भन्छन्, ‘यसो गर्न हुँदैन भनी जनचेतना फैलाउने काम व्यापक रुपमा भइरहेको छ ।’

गौदानको नाममा जिउँदै गाईलाई नदीमा लखेटेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यो धर्म र परम्परा नभई अन्धविश्वास र अपराध भएको अधिकांशले टिप्पणी गरेका छन् ।

‘यो चलन रोक्न खोज्दा उल्टै हामीमाथि आइलाग्छन्’

अहिले सामाजिक सञ्जालमा एउटा अत्यासलाग्दो भिडियो सार्वजनिक भएको छ, कर्णालीमा गाईलाई लखेट्दै डुबाएको । हेर्नुभयो ?

अँ मैले पनि देखेको छु । ढुंगाले हान्दै लखेटिएको रहेछ ।

खासमा के भएको हो त्यो ?

त्यो यहाँको परम्परा हो । कुनै मान्छेको मृत्यु हुँदा गौदान गर्ने चलन छ । गौदान गर्दा यसरी गाईलाई लखेट्दै कर्णाली नदी पार गराइन्छ ।

यो प्रचलन तपाईंलाई कस्तो लाग्छ ? ठिकै हो र ?

अब प्रचलन हो, उहिलेदेखि चल्दै आएको । अहिले बुझ्दा त ठिक लाग्दैन । हामीले यसलाई रोक्ने प्रयास पनि गरिरहेका छौं ।

अनि किन रोकिएन त यो क्रम ?

हामीले धेरै पटक यसलाई रोक्न खोजेको तर स्थानीयहरु उल्टै हामीमाथि आइलाग्छन् । उनीहरुलाई के लाग्छ भने यसरी गौदान नगर्दा आफ्नो पितृले मुक्ति पाउँदैन । त्यही कारण उनीहरुलाई जति नै भनेपनि यस्तो काम गर्न छाडेका छैनन् । यसमा प्रशासन र अरुले रोक्न खोजेको हो । तर जति गरेपनि यो परम्परा हटाउन सकिएको छैन ।

साभार‍ अनलाइन खबरबाट

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑