
बाजुराः कर्णाली पारि रहेको जिल्लाको पुर्वि उत्तरी भेगमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकामा एमाले र नेकपा समाजवादीका कार्यकर्ताले एक साता अघि लगाएको ताला आज खुलाइएको छ । गाउँपालिका भित्र हुने विकास निमार्णका कार्यमा हातेमाले गरेर अगाडी बढ्ने सहमतीमका आधारमा ताला खुलाइएको हो । आन्दोलनरत स्थानीय र गाउँपालिकाका अध्यक्ष सहितको वार्ता टोलीले विभिन्न बुँदाहरुमा सहमती गरेपछि आज ताला खुलाईएको बताइएको छ ।

गाउँपालिकाका अध्यक्ष भरत रोकाया माथि विभिन्न आरोप लगाउदै एमाले र नेकपा समाजवादीका कार्यकर्ताले एक साता अघि ताला लगाएका थिए ।उनीहरुले गाउँपालिकाले गर्ने डिपिआर प्रक्रिया विना प्रतिष्पर्धामा अध्यक्षले आफु खुसी निर्णय गरी प्रतिवर्ष ४० लाख घुस लिने गरेको लगायतका बिभिन्न आरोपहरु लगाएका थिए ।तर यता गाउँपालिका अध्यक्ष रोकायाले आफुले पालिकाको नियम विपरित कुनै कार्य नगरेको बताउँदै आएका थिए । आफु माथी लगाइएका आरोपहरुमा कुनै सत्यता नभएको समेत
उनले बताएका थिए ।
आज बसेको तालाबन्दी गर्ने पक्ष र गाउँपालिका अध्यक्ष सहितको वार्ता टोलीले पालिका अध्यक्ष माथि लगाएका आरोप र उनीहरुका मागका विषयमा छलफल भएर दुबै पक्षले गाउँपालिकाको विकासमा सबैले एकजुट भएर अगाडी बढ्ने सहमतीका आधारमा ताला खुलाइएको गाउँपालिकाले जनाएको छ ।
आर्थिक बर्षको कार्तिक २७ गते मुक्तिकोट कुकमेन निर्माण गर्न ५ करोड रुपैयाको लगानीमा गाउँपालिकाले ठेक्का आहान गरेको थियो,त्यसलाई विभिन्न टिकाटिप्पोणी गर्दै गाउँपालिकामा तालाबन्दी गरिएको थियो । निकटतम व्यक्तिको नाममा ठेक्का नपरेको आवेगमा गाउँपालिकामा एकसाता अगाडी तालाबन्दी गरिएको बताइएको छ ।
स्वामिकार्तिक गाउँपालिकामा आफु पालिकाको अध्यक्षमा निर्वाचत भएको ढाई बर्षको अबधीमा पालिकाको निति नियम विपरित काम नगरेको अध्यक्ष रोकायाको भनाई छ ।उहाँले भन्नुभयो,“पालिकाको निति नियम विपरित काम नगरेको यस्ता खाले कार्य आफु पदमा हुँदा सम्म कहिल्यै नगर्ने उनले बताए” । एक असल कार्य गरिरहेको ब्यक्तिलाई बिभिन्न प्रतिशोधमा उसको खुट्टा तान्न खोज्ने,अगाडी बढ्न नदिने,बिना प्रमाण चरित्र हत्या गर्न खोज्ने कार्य निकै निन्दनीय रहेको उनले बताउदै आएका थिए ।
यहि बिषयलाई लिएर पालिकाको प्रमुखलाई नै जातियताका हिसावमा तथानाम गाली गलोज गरिनुका सार्थ ,हुँदा हुँदा जातियताको हिसावले खसिया भन्ने शब्द प्रयोग गरेर तँछाड मछाड सहितको हेपुवा प्रवृति देखाईएको थियो । यता तालाबन्दी गर्ने स्थानीय अगुवाहरुले पालिकामा ‘एकलौटी मनोमानी, समान खरिद देखि निर्माणका कामहरू समेत भित्री रुपमै सेटिङ गरेर मिलाउने काम, अध्यक्ष रोकायाले कर्मचारीबाट समेत रकम लिने गरेको, पालिकामा सम्बन्धित फाँटका कर्मचारी, लेखापाल र प्रमुख प्रशासकीय अधिकृतको समेत मिलेमतो रहेको लगायतका कुराहरु आफू खुसी निर्णय गरेर अध्यक्ष रोकायाले कार्य गर्दै गईरहेको प्रति तालाबन्दी गरेका थिए ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर