
बाजुराः बुढीगंगा नगरपालिकाले लामो समय पछाडी उपसचिव स्तरको प्रशासकीय अधिकृत पाएको छ । लामो समयदेखी निमित्त प्रशासकीय अधिकृतको भरमा चलेको नगरपालिकाले लामो समय पछाडी उपसचिव स्तरको प्रशासकीय अधिकृत पाएको हो ।

पालिकामा शाखा अधिकृत नरेन्द्र नाथले विगतका वर्षदेखि प्रशासकीय अधिकृत भएर काम गर्दै आएका थिए । स्थानीय सरकार संचालन ऐन अनुसार नगरपालिकामा उप सचिव र गाउँपालिकामा शाखा अधिकृत हुने व्यवस्था रहेको छ ।
लामो समय पछाडी उपसचिव स्तरको प्रशासकीय अधिकृत अम्मरराज जोशी प्रशासकीय अधिकृतको रुपमा आएका छन् । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटिएका उपसचिव जोशीलाई आइतबार पालिकाले स्वागत गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०८१ फागुन १ गतेको निर्णयअनुसार सरकारले जोशीलाई बुढीगंगाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो ।यसअघि निमित्तका भरमा सञ्चालन भइरहेको बुढीगंगा नगरपालिकाले अहिले प्रमुख प्रशासकीय अधिकृत पाएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर