
खप्तड मालिका न्युज, कार्तिक ३०,बाजुराः शुक्रबार जिल्लाको बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ । आज एक कार्यक्रमका बिच बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकामा हुलाक कार्यालयको स्थापना गरिएको जिल्ला हुलाक कार्यालय बाजुराका प्रमुख बुद्ध सोमैले बताए ।बुढीनन्दा नगरपालिकामा बुढीनन्दाका नगर प्रमुख जनक कुमार बोहरा र जगन्नाथ गाउँपालिकामा गाउँपालिका अध्यक्ष कालीबहादुर शाही द्धारा हुलाक कार्यालयहरुको उद्धघाटन गरिएको सोमैले जानकारी दिए ।

सरकारको हुलाक सेवालाई पुनः संरचना गरी ‘एक पालिका एक हुलाक कार्यालय’ को अवधारणा बाजुरामा पनि कार्यान्वयन सुरु गरिएको हो । जिल्लाको खप्तड छेडेदह,बुढीगंगा नगरपालिका,त्रिबेणी नगरपालिका र गौमुल गाउँपालिकामा हुलाक कार्यलय स्थापना गरि सञ्चालनमा आए संगै शुक्रबार जिल्लाको बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकामा हुलाक कार्यालयको स्थापना गरिएको सोमैले बताएका छन् ।
सरकारले हरेक पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्ने नीति बमोजिम कार्यालय सञ्चालनमा ल्याईएको सोमैको भनाई छ । बाँकी रहेका पालिकाहरुमा पनि हुलाक कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइने उनले बताए । हुलाकलाई सूचना प्रविधिसँग जोड्दै संघीय शासन प्रणाली अनुसार सेवा सुरु गरिएको सोमैको भनाई छ ।त्यस्तै बाँकी रहेका स्वामिकार्तिक गाउँपालिकामा र हिमाली गाउँपालिकामा आइतबार कार्यालयको स्थापना गरिने सोमैले बताए ।
सरकारले आर्थिक वर्ष २०८१-०८२ मा ल्याएको निती तथा कार्यक्रम अनुसार एक पालिका एक हुलाक कार्यक्रम अन्तर्गत संचार तथा सूचना प्रविधी तथा जिल्ला हुलाक कार्यालय बाजुराले जिल्लाका ९ वटै पालिकामा हुलाक कार्यालय स्थापना कार्य थालेको हो । साविकका इलाका कार्यालयलाई रुपान्तरण गर्दै सरकारको निती तथा कार्यक्रम अनुरुप पालिकास्तरमा हुलाक कार्यालय स्थापना गरी संचालनमा ल्याउने कार्य भईरहेको जिल्ला हुलाक कार्यालय बाजुराले जनाएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर