
असोज १०,बाजुराः जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाबाट भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका–३ रिवडा बस्ने ४० वर्षीय धिरेन्द्र शाही र सोही वडाका ३० वर्षीय रमेश शाही रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । खोजतलास गर्दा ओडार र छानामा शाहीद्धयले लुकाएर बन्दुक राखेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय स्वामीकार्तिकबाट खटिएको टोलीले लुकाइ छिपाइ राखेका भरुवा बन्दुक बरामद गरी उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

ओडार र भैसी गोठको छानामा लुकाएर राखेको एक÷एक वटा बन्दुक बरामद गरी उनीहरुलाई पक्राउ गरेको बताइएको छ । पक्राउ परेका दुबै जनालाई हातहतियार सहित प्रहरी कार्यालयमा ल्याइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर