
बाजुराः जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको जगन्नाथ गाउँपालिकाको पिलुचौरमा यहि बैशाख १५ गते निःशुल्क १ दिने बृहत स्वास्थ्य शिविर संञ्चालन हुने भएको छ । “ कृषि रोजगार पर्यटन र पुर्वाधारः समतामुलक स्वामिकार्तिक र हिमाली समृद्धिको आधार ” भन्ने मुल नाराका साथ १ दिने निःशुल्क बृहत स्वास्थ्य शिविर संञ्चालन हुने स्वामिकार्तिक गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन् ।

सामुदायिक हस्पिटल एण्ड रिसर्च सेन्टरमा उक्त बृहत निःशुल्क स्वास्थ्य शिविर संञ्चालन गरिने भएको छ । स्वामिकार्तिक गाउँपालिका र हिमाली गाँउपालिकाको संयुक्त आयोजनामा उक्त शिविर संञ्चालन हुने गाउँपालिका अध्यक्ष रोकायाको भनाई रहेको छ ।अध्यक्ष रोकायाले दिएको जानकारी अनुसार काठमाडौ मेडिकल कलेज सिनामंगल काठमाडौ प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिने उनले बताएका छन् । उक्त स्वास्थ्य शिविरमा शिविरमा स्त्रीरोग, बाल रोग, जनरल मेडिकल, सल्यक्रिया सर्जरी, हाडजोर्नी नशा, छाला तथा यौन रोग, नाक, कान, घाँटी, आखा, दन्त, इ.सि.जी, भिडियो एक्सरे, ल्याब टेस्ट र मुटु रोग लगायत रोगको उपचार गरिने अध्यक्ष रोकायाको भनाई रहेको छ ।
साथै शिविरमा उपचार सम्भव नभएका बिरामीहरुको अप्रेशन नै गर्नुपर्ने भएको खण्डमा काठमाडौं मेडिकल कलेजमा अप्रेसन खर्च निःशुल्क गर्ने गरी उपचार गरीने पनि उहाँले बताएका छन् । १ दिने विशेषज्ञ डाक्टर मार्फत निः शुल्क स्वास्थ्य सेवा शिविर सञ्चालन गरिने हुँदा सबै सेवाग्राहीलाई सेवा लिन हुन पनि उहाँले आग्रह गरेका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर