• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 26, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  जगन्नाथ गाउँपालिका

जगन्नाथको नीति तथा कार्यक्रम प्रविधिबाट खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदान

खप्तड मालिका न्युज June 20, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा– जगन्नाथ गाउँपालिकाले आर्थिक वर्ष २०८०,८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पालिकाले आगामी वर्ष गर्ने काम र योजना सहीतको ७२ बुँदाको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । गाउँपालिकाको १३ औं बैठक मार्फत पालिका अध्यक्ष कालीबहादुर शाहीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । पालिकाका तर्फबाट गएको साउन देखि सञ्चालन गरेका गतिविधी र उपलब्धी पनि सोही अवसरमा सार्वजनिक गरेको छ । पालिकाले ७ वटा नयाँ कार्यविधी पनि पारित गरेको छ ।गाउँपालिकाले यो वर्ष कृषि उत्पादन र भौतिक पूर्वाधार विकासलाई नै पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बहादुर शाहीले बताएका छन् । आगामी असार १० गते हुने गाउँ सभामा प्रस्तुत हुने कार्यक्रमलाई आधार बनाएर बार्षिक नीति तथा कार्यक्रम ल्याएको अधिकृत शाहीको भनाई छ ।
पालिकाले प्रविधिबाट खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदान सहयोग गर्ने नीति अघि सारेको छ । परम्परागत कृषि खेती प्रणालीले समय खर्च हुने र उत्पादन श्रम अनुसार गर्न नसकिने भएकोले पालिका भित्र कृषि खेतीलाई प्रविधिसँग जोड्ने गरी अनुदान कार्यक्रम ल्याएको हो ।एक घर, एक करेसा बारी कार्यक्रमलाई यो वर्षपनि निरन्तरता दिएको छ भने फलफूल र दलहन बालीलाई प्राथमिकतामा राखेको छ । कृषकहरुलाई बीउ बिजन अनुदान दिने, स्याउ कागती ओखर, लगायतका बालीलाई पकेट क्षेत्रका रुपमा विकास गर्ने र उन्नत जातको उत्पादनका लागि कृत्रिम गर्भाधान तथा नश्ल सुधारको कार्यक्रम गर्ने नीति लिएको छ ।
पालिकाले यो वर्ष अध्यक्ष रोजगार कार्यक्रम पनि ल्याएको छ । पालिका भित्रका ६ वटा वडाका ३ सय जना युवालाई काम दिने गरि ५० दिनको अध्यक्ष रोजगार कार्यक्रम सुरु गर्ने नीति लिएको छ । १२० जना प्रधानमन्त्री रोजगारबाट समेटीने र बाँकी रहेका ३ सयलाई अध्यक्ष रोजगारबाट काम लगाएर पालिकाको भौतिक पूर्वाधार विकासमा योगदान गराउने लक्ष्य पालिकाले लिएको छ ।जगन्नाथ गाउँपालिकाले यो वर्ष कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार, जगन्नाथ गाउँपालिकाको विकासको मुल आधार भन्ने नारा तय गरेको छ । पालिकाले कृषि, पर्यटन र जडीबुटी र जलश्रोतमा लगानी बढाउने नीति लिएको उपाध्यक्ष मरुकला विष्टले बताएकी छन् ।
पालिकाले कक्षा ११ र १२ मा पढ्न विद्यार्थीका लागि कुनै प्रकारको भर्ना वा अन्य कुनै शुल्क नलिने, मावि तहका लागि थप शिक्षकको व्यवस्था गर्ने र गाउँ स्वयमसेवक शिक्षक बढाउने नीति लिएको छ । दक्ष युवा जनशक्ति उत्पादन गर्न युवाहरुका लागि सिप मुलक तालिम सञ्चालन गर्ने र त्यसका लागि पछिल्लो समय बजारमा माग भएका कामलाई ध्यानमा राखेर तालिम दिने नीति लिएको छ । खाली ठाउँमा वृक्षारोपण गरिने छ । हराबरा पालिका बनाउने लक्ष्यलाई निरन्तरता दिएको छ ।
स्वास्य संस्था, विद्यालय र वडा कार्यालयमा इन्टरनेट जडान र प्रविधि मैत्री सेवा दिने गरि व्यवस्थापन गर्ने र वडा केन्द्रसम्म पुग्ने सडकको स्तरोन्नती र सुधारका लागि पनि बजेट बढाउने नीतिमा उल्लेख गरेको छ । पालिकाले प्राकृतिक विपदमा परेका व्यवसाय वा अन्य कुनै लाभ ग्राहीलाई १० प्रतिशत अनुदान सहायत दिने नीति लिएको छ । पालिका भित्रका मुक्त हलिया, विपन्न परिवार, दलित, खलिया, अपांग, असहायक र अशक्तहरुलाई कानुनी उपचारका लागि निशुल्क कानुनी सहायता दिने नीति अघि सारेको छ ।
स्वच्छ खानेपानी पीउने अधिकारको ग्यारेन्टी गरिने र पालिका भित्र हरेक तीन महिनामा बिशषेज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ । अध्यक्ष कालीबहादुर शाहीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई पालिकाले विगतको भन्दा केही नयाँ र परिस्कृत विकासको दस्तावेजका रुपमा लिएको छ ।गाँउपालिका भित्रका सामुदायिक विद्यालयलाई प्रविधीमैत्री बनाउने उद्धेश्यले नियमित रुपमा कम्पुटर,फोटोकपी,सोलारर इन्टरनेट संञ्चालनका लागि विद्युतको पहुँच नभएको स्थानमा सोलारको व्यवस्था गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑