
बाजुरा –बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले जनता सामु गएर गरेका बाचा पुरा गर्ने बताएका छन् । बुधवार आफ्नो कार्यकालको एक बर्षको वार्षिक समिक्षा कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

कार्यक्रममा एक स्थानीयले नगरपालिकाले आन्तरिक सेतिङ गरेर आफु निकटका व्यक्तिलाई योजना दिने गरेको भन्दै गरेको गुनासोको जवाफ दिदै नगरप्रमुख बोहराले आफ्नो कार्यकालमा त्यो नहुने बताएका हुन् । नगर प्रमुख बोहराले चुनावमा मत माग्नका लागि मात्रै प्रतिबद्धता व्यक्त नगरेको बताउदै जनता सामु गरेका प्रतिबद्धता अनुसार नै काम अगाडि बढाइरहेको बताए ।चुनावका बेला जनता सामु पुगेर गरेका प्रतिबद्धताहरु पूरा गर्ने बताएका छन् । नगरपालिकाले नगरबासीका सामु गएर गरेका बचन बद्धता, अनुसार नै नीति तथा कार्यक्रम ल्याएको उनको भनाई छ ।
नगरपालिकाले पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रलाई दिएको बताए । नगरवासीहरु स्वस्थ भएर बाच्नुपर्छ,सामान्य बिरामी हुँदा टाढाको अस्पताल लैजानुपर्ने, उपचार बिना नगरवासीले ज्यान गुमाउनुपर्ने बाध्यता हटाउन प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमै दक्ष चिकित्सकको व्यवस्था गरेको बताएका छन् ।पालिकामै रहेको कोल्टी स्वास्थ्य केन्द्र कोल्टीमा एमडिजीपी डाक्टर, स्त्री रोग विशेषज्ञ, मेडिकल अधिकृतको व्यवस्था गरिएको उनको भनाई छ । नगरबासिले उपचार नपाएर ज्यान गुमाउन नपरोस् उपचारकै जिल्ला बाहिर जानुनपरोस् भन्ने उदेश्य नगरपालिकाले लिएको उनको भनाई थियो ।
यस्तै शिक्षा क्षेत्रलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको दावी गर्दै नगरवासीका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने गरि काम अगाडि बढाईरहेको बताएका छन् । नगरभित्रका सवै बालबालिकाले शिक्षा आर्जन गर्न सहज वातावरण मिलाउन नगरले हर प्रयत्न गरिरहेको उनले बताए । नगर प्रमुख छात्रवृत्ति कार्यक्रम समेत संचालन गरेको प्रमुख बोहोराले बताए । बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधारका लागि ट्युसन कक्षा संचालन भैरहेको पनि उनले बताए ।
यो संगै नगरको उद्योग, व्यापार कृषि पर्यटन क्षेत्रको बिकासका लागि सोही अनुसारका नीति तथा कार्यक्रम ल्याएको बताएका छन् । जनताका जनगुनासा संकलनका लागी हेलो मेयर कार्यक्रम, नगरपालिकामा रोजगारीको सिर्जना गर्न मेयर रोजगार कार्यक्रम संचालन गरि एक वर्षमा ४०० जनालाई गाउँमै रोजगारी सिर्जना गरेको पनि बताएका हुन् । यस्तै नगर उपप्रमुख कोशेली कार्यक्रम , नगरवासीलाई शिक्षा स्वास्थ्य, विद्युत, सिचाई, यातायात, सञ्चार लगायतका आधारभुत आवस्यकतामा नगर वासिको पहुँच पुर्याउने गरि काम अगाडि बढाइएको बताएका छन् ।
नगरपालिकाको नगरको आर्थिक, सामाजिक, राजनीति र सास्कृतिक बिकासमा टेवा पुग्ने गरि काम अगाडि बढाइरहेको उनले बताए ।यसका साथै नगरको खेलकुद क्षेत्रको बिकास पर्यटन प्रबर्द्धन गर्नका लागि काम गरिरहेको उनको भनाई थियो । रोजगारी, नगर भित्रका गरिब बिपन्न, जनजातिका बालबालिकाहरुले पनि सामान ढङ्गले शिक्षा प्रदान गर्न सक्ने वातावरण मिलाउनु नगरपालिकाको दायित्व रहेको बताए । भ्रष्टाचार नियन्त्रण, शुसासन कायम, नितिको पालना लगायत बिषयलाई विशेष ख्याल गरेर नगरवासिको हितमा काम गरिरहेको दावी गरेका छन् ।
बिगतका पाँच वर्ष भन्दा आफ्नो कार्यकाललाई उपलब्धिमुलक कार्यकाल बनाउने सन्कल्पका साथ अगाडि बढिरहेको नगर प्रमुख खड्काको भनाई थियो । अघिल्लो कार्यकालका जनप्रतिनिधिले भन्दा नयाँ, फरक र सिङ्गो नगरवासिको हित र नगरको हितमा रही काम गरेको देख्न पाउने बिश्वास दिलाएका छन् । नगर प्रमुख बोहराले नगरपालिकाले ल्याएका नीति तथा कार्यक्रमहरु प्रभावकारी कार्यान्वयन गर्न सफल भएको दावी गरे । निशुल्क एम्बुलेन्स सुबिधा दिने भन्ने कुरा भने कारण वस पुरा गर्न नसकिएको बताउदै नगर प्रमुख सामु क्षमा मागेका छन् । यो आर्थिक वर्षमा भने पूरा गर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले नगरवासीका सम्पुर्ण समस्या समाधान गर्नका लागि काम गरिरहेको दावी गर्दै फेरीपनी नगरवासिका केही समस्या छन् भने आग्रह गरेका छन् । नगरवासीहरु आफुहरुले एक वर्षको कार्यकालमा गरेका कामहरू प्रती सन्तुष्ट छन् भन्ने कुरामा बिश्वस्त रहेको बताएका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर